काठमाण्डौ । तुलसीपुर–७ स्थित हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाको नयाँ नेतृत्व निर्विरोध रूपमा चयन भएको छ। निर्वाचन कार्यतालिका अनुसार एक पदमा एक मात्र उम्मेदवारी परेपछि सबै पदाधिकारीहरू निर्विरोध घोषित भएका हुन्।
निर्वाचन समितिका संयोजक शान्तराज गौतमका अनुसार सञ्चालक समितिको अध्यक्षमा पुनः शुक्रराज भण्डारी चयन भएका छन्। भण्डारी यसअघि पनि संस्थाका अध्यक्ष थिए ।
त्यस्तै, खुला उपाध्यक्षमा कृष्णप्रसाद पोख्रेल, महिला उपाध्यक्षमा ममता बस्नेत, सचिवमा जीवराज अधिकारी, कोषाध्यक्षमा दुर्गाप्रसाद भण्डारी र सहसचिवमा चिरञ्जीवी पौडेल चयन भएका छन्।
खुला सदस्यमा गोविन्दराज भण्डारी, खेतुप्रसाद भण्डारी र खेन्टु गिरी, महिला सदस्यमा गंगा घिमिरे बोहरा, विमला खड्का, शान्ता खनाल र शारदा सुनार निर्वाचित भएका छन्।
साधारण सभाबाट १३ सदस्यीय नयाँ सञ्चालक समिति चयन भएको हो।
यस्तै, लेखा सुपरीवेक्षण समितिको संयोजकमा शरद शर्मा, सदस्यमा बोधप्रसाद खनाल र केशवबहादुर बस्नेत चयन भएका छन्।
सहकारीको चार वर्षे कार्यकालका लागि नयाँ नेतृत्व निर्वाचित भएको हो। नयाँ समितिको शपथ ग्रहण, पदभार ग्रहण र हस्तान्तरण भोलि बिहीबार एकाइ प्रतिनिधि सभाको बैठकमा हुने निर्वाचन समितिले जनाएको छ।
साधारण सभा सोमबार सम्पन्न भएको हो ।