काठमाडौँ — चार देशका नवनियुक्त राजदूतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन्।
शीतल निवासमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा इजिप्ट, नर्वे, श्रीलङ्का र म्यानमारका राजदूतहरूले ओहोदाको प्रमाण-पत्र बिहिबार पेस गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
नेपालका लागि इजिप्टका राजदूत शरिफ मुस्तफा अलसैयद, नर्वेकी राजदूत डाग्नी म्योस, श्रीलङ्काकी राजदूत रुवान्थी डेलपिटिया र म्यानमारका राजदूत थान्त सिनले राष्ट्रपति पौडेलसमक्ष आफ्नो–आफ्नो नियुक्तिको प्रमाणपत्र प्रस्तुत गरेका हुन्।
समारोहमा सरकारका उच्च पदस्थ अधिकारीहरू उपस्थित थिए।

