काठमाडौं — नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ को उद्घाटन खेलमा काठमाडौं गुर्खाजले साबिक विजेता जनकपुर बोल्ट्सलाई ५ विकेटले पराजित गर्दै शानदार सुरुवात गरेको छ।
जनकपुरले दिएको १३१ रनको लक्ष्य काठमाडौंले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्यो। १३२ रन जोड्दै काठमाडौंले विजयी यात्रा प्रारम्भ गरेको हो।
काठमाडौंको जितमा बेन चार्ल्सवर्थ सर्वाधिक चम्किए। उनले २३ बलमा ५ चौका र ३ छक्कासहित ४६ रन प्रहार गरे। उनी र ओपनर आकाश त्रिपाठीबीचको ७० रनको साझेदारीले आधार तयार गर्यो। यो साझेदारी जनकपुरका सञ्जय कृष्णमूर्तिले तोडे।
आकाशले शान्त ब्याटिङ गर्दै ४५ बलमा ३९ रन जोडे। बीसौ ओभरअघि आउट भएका भीम सार्कीले ७ बलमा ३ रन मात्रै जोड्न सके।
मध्यक्रमबाट मिलन्द कुमारले २२ बलमा १९ रन, जोन सिम्पसनले १३ रन (६ बल, १ चौका, १ छक्का) जोडेर लक्ष्य नजिक पुर्याए। अन्य ब्याटरले दोहोरो अंक नजोद्दा पनि टोलीलाई जित दिलाउन पर्याप्त रन बने।
काठमाडौंका विपक्षी जनकपुरका बलरहरू प्रभावकारी देखिएनन्। किशोर महतो, अनिल शाह, ललित राजवंशी, जान–निकोल लोफ्टी–इटन र सञ्जय कृष्णमूर्तिले समान १–१ विकेट लिए।
सबैभन्दा खर्चिला बलर किशोर महतो रहे, जसले ३ ओभरमा २८ रन दिए। अनिल शाह र ललित राजवंशीले ४–४ ओभरमा २६–२६ रन खर्चे।

