काठमाडौँ, १४ मङ्सिर । जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशभर कुनै उल्लेख्य मौसम प्रणाली सक्रिय नरहेको जनाएको छ। आज दिउँसो र राति अधिकांश स्थानमा आंशिक बदली रहने महाशाखाले पूर्वानुमान गरेको छ।
महाशाखाका अनुसार आज बिहान काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ६.६ डिग्री सेल्सियस मापन गरिएको छ। दिउँसो अधिकतम तापक्रम भने १९ देखि २१ डिग्री सेल्सियसका बीच रहने अनुमान छ।

