काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले मधेसमा तैयार भएको नयाँ राजनीतिक सहकार्य अब अन्य प्रदेशहरूमा पनि लागू हुने दाबी गरेका छन्।
शनिबार जनकपुरधाममा सम्पन्न एकता सभालाई सम्बोधन गर्दै दाहालले एमाले बाहेकका शक्तिहरूबीचको संयुक्त मोर्चा देशव्यापी रूपमा विस्तार गर्नुपर्ने आवश्यकता औँल्याए।
उनका अनुसार मधेस प्रदेशमा कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी र मधेस केन्द्रित दलहरूबीच बनेको सहकार्य ‘नयाँ समीकरणको प्रारम्भ’ हो, र यस्तै गठबन्धन अब अन्य प्रदेशहरूमा पनि निर्माण हुँदै जाने विश्वास व्यक्त गरे।
दाहालले कम्युनिष्ट आन्दोलनलाई फेरि संगठित बनाउने लक्ष्य दोहोर्याउँदै, एमाले नेताहरूलाई समेत एकता प्रक्रियामा सहभागी हुन खुला आग्रह गरे।

