काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालले देशमा अब धुमधामसाथ समाजवाद स्थापना हुने दाबी गरेका छन्।
जनकपुरधाममा आयोजित एकता सन्देश सभामा बोल्दै उनले लामो समयदेखि समाजवादको चर्चा मात्र भइरहे पनि त्यसले व्यवहारिक रूप नलिएर निराशा बढेको उल्लेख गर्दै अब भने निराश नहुन आग्रह गरे।
उनका अनुसार युवा, महिला, दलित, मुस्लिमदेखि वृद्धसम्मका अधिकारका पक्षमा निरन्तर आवाज उठाउने शक्ति आफूहरू नै हुन्। उनले नवगठित नेपाली कम्युनिस्ट पार्टीमा जोडिन सर्वसाधारण तथा कार्यकर्तालाई आह्वान पनि गरे।
जेन–जेड पुस्तासमेत पार्टीप्रति विश्वास व्यक्त गरिरहेको दाबी गर्दै नेपालले आगामी राजनीतिक दिशानिर्देशनमा नयाँ पार्टी नेपाली कम्युनिष्ट पार्टी निर्णायक बन्ने विश्वास प्रकट गरे।

