काठमाण्डौ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक **पुष्पकमल दाहाल ‘प्रचण्ड’**ले गणतन्त्र आए पनि जनजीवनमा अपेक्षित परिवर्तन नआएपछि जेन-जी आन्दोलन जन्मिएको बताएका छन्।
शनिबार जनकपुरधाममा आयोजित नेपाली कम्युनिष्ट पार्टी मधेश प्रदेशस्तरीय एकता सन्देशसभामा उनले जेनजीले पुरानो राजनीतिक संस्कृतिलाई आत्मसमीक्षा गर्न बाध्य बनाएको टिप्पणी गरे।
प्रचण्डका अनुसार जेनजी आन्दोलनपछि दलहरूले समीक्षा गर्दै नयाँ ढङ्ग, नयाँ रूपान्तरण र संयुक्त राजनीतिक दिशा तय गर्न सुरुवात भएको बताका छन्। उनले सबै शक्तिको एकताले मात्र प्रतिगमन र प्रतिक्रियावादी धारलाई हराउँदै देशलाई अगाडि लैजान सकिने दाबी गर्दै यसको नेतृत्व नेकपा लिन तयार रहेको बताए।
यसै क्रममा पार्टीका सह–संयोजक माधवकुमार नेपालले हजारौँ युवाहरू हालैको अभियानपछि आफ्नो पार्टीतिर आकर्षित हुँदै आएको दाबी गरे। पार्टी एकताले मुलुकभर सकारात्मक सन्देश फैलिएको उल्लेख गर्दै उनले कर्णाली र काठमाडौँमा समेत एकता सन्देशसभा आयोजना गर्ने तयारी भइरहेको जानकारी दिए।

