काठमाडौँ — सरकारले फोटो पत्रकार सुरेश रजकलाई सहिद घोषणा गरेको छ। गत चैत १५ गते तीनकुनेस्थित भिड नियन्त्रणका क्रममा समाचार संकलन गरिरहेका रजकको ज्यान गएको थियो।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले रजकलाई सहिद घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जनाए। मन्त्री खरेलका अनुसार यो निर्णयले घटनापछि उठेको माग पूरा गर्दै सरकारको औपचारिक मान्यता प्रदान गरेको हो।

