काठमाडौँ — नेपाल विद्युत् प्राधिकरण (एनईए) का कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई पुनर्स्थापित गर्न सर्वोच्च अदालतले आदेश दिएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री भएपछि कुलमान घिसिङले शाक्यलाई जल तथा ऊर्जा आयोगमा सार्ने निर्णय गरेका थिए। सो निर्णयविरुद्ध शाक्यले सर्वोच्चमा रिट दायर गरेका थिए।
न्यायाधीश डा. नहकुल सुवेदी र न्यायाधीश श्रीकान्त पौडेलको संयुक्त इजलासले बुधबार रिटमा सुनुवाइ गर्दै शाक्यलाई पुनः कार्यकारी निर्देशकको जिम्मेवारीमा फर्काउने आदेश जारी गरेको हो।

