काठमाडौं । अमेरिकाको रोड आइल्याण्ड राज्यस्थित ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डमा दुई जनाको मृत्यु भएको छ भने आठ जना गम्भीर घाइते भएका छन्।
घाइतेहरूलाई अस्पताल भर्ना गरिएको छ। अस्पताल स्रोतलाई उद्धृत गर्दै बिबिसीले जनाएअनुसार उनीहरूको अवस्था हाल स्थिर रहेको छ।
विश्वविद्यालय रहेको प्रोभिडेन्स सहरका मेयर ब्रेट स्माइलीले गोलीकाण्डका कारण हताहती हुनेको संख्या अझै बढ्न सक्ने बताएका छन्।
घटना स्थानीय समयअनुसार शनिबार साँझ ४ बजेर ५ मिनेटमा भएको हो। गोली चलाउने व्यक्ति घटनापछि फरार रहेका छन् र प्रहरीले उनको खोजी तीव्र पारेको छ।
शंकास्पद एक व्यक्तिलाई नियन्त्रणमा लिइए पनि गोलीकाण्डमा संलग्नता पुष्टि नभएपछि उनलाई रिहा गरिएको छ।
यस घटनाप्रति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुःख व्यक्त गरेका छन्।

