काठमाडौँ— चारदिने औपचारिक भ्रमणका क्रममा जापान पुगेका राष्ट्रपति रामचन्द्र पौडेललाई जापान सरकारका तर्फबाट आज ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ।
जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल प्रथम महिला सविता पौडेलसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्षगाँठको अवसरमा टोकियोमा आयोजना गरिएको विशेष समारोहमा सहभागी हुन सोमबार जापान प्रस्थान गरेका थिए।
भ्रमणकै क्रममा राष्ट्रपति पौडेलले मंगलबार जापानका सम्राट नारुहितो तथा प्रधानमन्त्री सुश्री ताकाइची सानाएसँग शिष्टाचार भेट गरेका छन्। भेटका क्रममा दुई देशबीचको द्विपक्षीय सम्बन्ध, आपसी सहयोग र ऐतिहासिक मित्रताका विषयमा विचार–विमर्श भएको बताइएको छ।
जापान भ्रमणलाई नेपाल–जापान सम्बन्ध थप सुदृढ बनाउने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

