काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यालयका सचिव कृष्णप्रसाद दुलाललाई कार्यवाहक मुख्य सचिवको जिम्मेवारी दिएको छ। पार्टी सभापति गगन थापाले पार्टी विधानअनुसार अर्को व्यवस्था नभएसम्मका लागि उनलाई कार्यवाहक मुख्य सचिवको जिम्मेवारी तोकेका हुन्।
यसैबीच, कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले माघ ८ गते दिएको राजीनामा पनि सभापति थापाले स्वीकृत गरेका छन्।
कांग्रेसका सचिव प्रकाश शर्माले पार्टी सभापती थापाले पौडेलद्वारा दिईएको राजीनामा स्वीकृत गरेको जानकारी दिएका हुन्।

