काठमाडौं ।
नेपाली कम्युनिस्ट पार्टी काठमाडौं निर्वाचन क्षेत्र नं. ६ ले तारकेश्वर नगरपालिका वडा नं. ९ मा वडा निर्वाचन परिचालन समिति गठन गरेको छ।
काठमाडौं–६ का उम्मेदवार हिमाल शर्मा उपस्थित रहेको भेलाले बालकृष्ण महर्जनको संयोजकत्वमा ४५ सदस्यीय वडा नं. ९ निर्वाचन परिचालन समिति गठन गरेको हो।
भेलामा वक्ताहरूले आगामी निर्वाचनमा पार्टीको नीति, विचार र कार्यक्रमलाई घर–घरमा पुर्याउँदै जनसमर्थन सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे। उम्मेदवार शर्मा ले जनताको मुद्दालाई केन्द्रमा राखेर इमानदार र वैचारिक राजनीतिको अभ्यास गर्ने भन्दै संगठित र अनुशासित रूपमा चुनावी अभियान अघि बढाइने बताए।
कार्यक्रममा पार्टीका स्थानीय नेता–कार्यकर्ता तथा समर्थकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

