काठमाडौं, माघ २१
काठमाडौं महानगरपालिका वडा नं. १९, २०, २३ र २४ काे चुनाबी तयारीलाई केन्द्रमा राख्दै बुधबार ओलम्पस क्लब, ओमबहालमा चुनाबी तयारी परामर्श भेला सम्पन्न भएको छ।
नेपाली कम्युनिष्ट पार्टी, निर्वाचन परिचालन समिति काठमाडौं–८ को आयोजनामा सम्पन्न उक्त भेलामा सम्बन्धित वडाहरूमा पार्टीको संगठन सुदृढीकरण, जनसम्पर्क विस्तार तथा चुनावी अभियानलाई प्रभावकारी बनाउने विषयमा छलफल गरिएको थियो।
भेलामा आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टीको नीति, कार्यक्रम र उम्मेदवारका एजेन्डाहरूलाई घरघरमा पुर्याउने रणनीतिबारे समेत परामर्श गरिएको जनाइएको छ।
नेपाली कम्युनिष्ट पार्टी, निर्वाचन परिचालन समिति काठमाडौं–८ अन्तर्गत वडा नं. १९, २०, २३ र २४ काे संयोजनको जिम्मेवारी पार्टीका केन्द्रीय सदस्य विनोद खड्गीले गर्ने भएको छ।भेलामा पार्टीका नेता, कार्यकर्ता तथा विभिन्न वडाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

