धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले बैतडीमा भएको बस दुर्घटनामा ज्यान गुमाएकाका परिवारलाई जनही एक लाख रुपैयाँ दिने निर्णय गरेको छ ।
शुक्रबार सुदूरपश्चिम सरकारका मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । यस्तै घाइते भएका व्यक्तिहरूको उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने निर्णय समेत गरेको छ ।
बिहीबार राति बैतडीबाट जन्ती लिएर बझाङतर्फ जाँदै गरेको बस पुर्चौंडी नगरपालिका–७, बडगाउँमा दुर्घटना हुँदा १३ जनाकाे मृत्यु भएको थियो भने बस दुर्घटनामा घाइते ३५ जनाको उपचार विभिन्न अस्पतालमा भइरहेको छ ।

