काठमाडौं । प्रतिनिधिसभा निर्वाचन हुन एक साता मात्र बाँकी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवलपरासी जिल्ला सभापति महेन्द्र सिंह ठकुरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।
उनीलाई नेपाली कांग्रेसका केन्द्रीय उपसभापति विश्वप्रकाश शर्माले औपचारिक रूपमा पार्टी प्रवेश गराएका हुन्। कांग्रेसले ठकुरीलाई खादामालासहित पार्टीमा स्वागत गरेका हुन् ।
नवलपरासी बर्दघाटको चौपतामा आयोजित कांग्रेसको चुनावी सभाबीच ठकुरी कांग्रेसमा आबद्ध भएका हुन्। निर्वाचनको ठीक अघि भएको यो प्रवेशलाई स्थानीय राजनीतिक समीकरणमा अर्थपूर्ण रूपमा हेरिएको छ।

