काठमाण्डौ । मोरङ क्षेत्र नम्बर–४ मा प्रतिनिधिसभा सदस्यतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सन्तोष राजवंशी विजयी भएका छन्।
उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेलाई २८ हजार १५ मतान्तरले पराजित गर्दै विजय हासिल गरेका हुन्।
अन्तिम मतपरिणामअनुसार राजवंशीले ४० हजार ८३३ मत प्राप्त गरेका छन् भने घिमिरेले १२ हजार ८१८ मत प्राप्त गरेका छन्।
यस जितसँगै मोरङ–४ मा रास्वपाले प्रभावशाली परिणाम निकाल्दै चुनावी प्रतिस्पर्धामा उल्लेखनीय उपस्थिति देखाएको छ।

