काठमाडौं । गएको कात्तिकमा दर्ता भएको श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ तीन स्थानमा जित हासिल गरेको छ।
पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) सुनसरी–१ बाट, महासचिव आरेन राई खोटाङबाट तथा ध्रुवराज राई भोजपुरबाट निर्वाचित भएका हुन्।
धरान उपमहानगरपालिकाका मेयर समेत रहेका साम्पाङले गत असोजमा पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए। आयोगले कात्तिक १६ गते श्रम संस्कृति पार्टीलाई दल दर्ताको प्रमाणपत्र दिईएको थियो।
समानुपातिकतर्फ पनि पार्टीले उल्लेख्य मत प्राप्त गरेको छ। हालसम्म ४३ लाख मत गणना हुँदा श्रम संस्कृति पार्टीले ९७ हजार ८९२ मत पाएको छ।
समानुपातिक प्रणालीबाट प्रतिनिधिसभामा प्रतिनिधित्व पाउन भने कुल सदर मतको कम्तीमा तीन प्रतिशत मत प्राप्त गर्नुपर्ने व्यवस्था छ।

