भक्तपुर –
भक्तपुरमा प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ। भक्तपुर क्षेत्र नम्बर १ मा ४२ हजार ४४० र क्षेत्र नम्बर २ मा ४३ हजार ३३२ गरी कूल ८५ हजार ७७२ मत गणना गरिएको छ।
मत परिणामअनुसार भक्तपुर क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो बनेको छ। रास्वपाले ४२ हजार ४४० मत प्राप्त गरेको छ। त्यस्तै नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले २० हजार २२९ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालय भक्तपुरका सूचना अधिकारी भीम बिसीले जानकारी दिए।
यसैगरी नेपाली कांग्रेसले ४ हजार ४०३ मत, नेकपा (एमाले)ले ३ हजार ४६१ मत, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले १ हजार १३६ मत, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले २ हजार ९८४ मत, राष्ट्रिय परिवर्तन पार्टीले ८९४ मत तथा श्रम संस्कृति पार्टीले ५५० मत प्राप्त गरेका छन्।
यसैबीच भक्तपुर क्षेत्र नम्बर २ मा पनि समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ। मतदान अधिकृत राधिका सुवालका अनुसार उक्त क्षेत्रमा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो बनेको छ। रास्वपाले ४३ हजार ३३२ मत प्राप्त गरेको छ।
त्यस्तै नेपाली कांग्रेसले ८ हजार ७७८ मत, नेकपा (एमाले)ले ८ हजार ३९० मत, नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले ३ हजार ५२१ मत, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले १ हजार ९३० मत, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले २ हजार ८३२ मत तथा श्रम संस्कृति पार्टीले १ हजार ७५ मत प्राप्त गरेका छन्।

