काठमाडौँ: नेपालका १५ बैंकको सिष्टम ह्याक गर्ने धम्की भाइबरमा पठाउनेको खोजी भइरहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकले त्यस्तो धम्की दिनेको पहिचान गर्न आइटी डिपार्टका कर्मचारी खटिसकेको बताएको छ।
बैंकका अनुसार भाइबरमा यस्ता फेक सूचना आएका हुन्। ह्याक गर्ने भनेर कुनै ह्याकरले इमेल गरेको होइन यद्यपी यो भाइबरमा आएको फेक धम्की हो।
भाइबरमा राष्ट्र बैंकसहित १५ बैंकको सिष्टम २४ घन्टाभित्र ह्याक गर्ने धम्की दिइएको थियो।
नेपालको बैंक प्रणाली मजबुत रहेकोले ह्याक हुन नदिने र धम्की दिने पत्ता लगाएर कारबाही गरिने राष्ट्र बैंकले जनाएको छ।

