प्रा.शत्रुघन श्रेष्ठ
विभिन्न २१ वटा बैंक लि., बित्तीय संस्था मर्जर तथा प्राप्ति गरी सवल र सक्षम बैंकको रुपमा स्थापित ग्लोबल आईएमई बैंकका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका समेत अध्यक्ष रहनु भएका आदरणीय श्री चन्द्रप्रसाद ढकालको नेतृत्वमा आजको बैंक विश्वका उत्कृष्ट १००० बैंकको सूचीमा पर्न सफल हुँदै आइरहेको छ ।
वि.सं. २०६३ सालमा ग्लोबल बैंकको नामबाट बिरगञ्जमा स्थापना भई बैंकिङ्ग कारोबार गर्दै पछिल्लो समयमा विभिन्न २१ वटा बैंक, बित्तीय संस्थालाई आफ्नो बैंकमा लिए पश्चात् ग्लोबल आईएमई बैंकको नामबाट देशकै सबैभन्दा ठूलो वित्तीय संस्थाको रुपमा स्थापित भई बैंकले विदेशमा समेत प्रतिनिधि कार्यालय खोलेर ग्राहकलाई सेवा दिंदै आईरहेको छ । यो बैंक १८ वर्षमा लाग्दै गर्दा प्रतिष्ठित राष्ट्रिय र अन्तराष्ट्रिय अवार्डबाट सम्मानित भएको छ ।
ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ ः-
पछिल्लो पटक ग्लोबल आइएमई बैंक, ग्लोबल फाइनान्स म्यागजिनको वेष्ट बैंक अवार्ड २०२४ बाट सम्मानित भएको छ । उक्त म्यागजिनले विश्वभरिका सर्वश्रेष्ठ बैंक छनोट गरी सम्मानित गर्ने क्रममा नेपालबाट ग्लोबल आइएमई बैंक परेको हो ।
विश्वसनियता, बित्तीय स्रोत परिचालन पहुँच विस्तार, रणनितिक सम्बन्ध स्थापना व्यावसायिक तथा ग्राहक मैत्री सेवाको विकास, क्रेडिट रेटिङ लगायत मापदण्डका आधारमा ग्लोबल आईएमइ बैंक छानिएको हो ।
उक्त म्यागजिनले अफ्रिका, एसिया प्यासिफिक, क्यारिबियन मध्ये अमेरिका, ल्याटिन अमेरिका, मध्ये र पूर्वी युरोप, मध्ये पूर्व उत्तर अमेरिका र पश्चिम युरोप क्षेत्रका उत्कृष्ट बैंकहरुलाई सम्मान गरिएको थियो ।
नेपाली बैंकहरुमध्ये पहिलो पटक उक्त अवार्ड प्राप्त गरेको हो । ग्लोबल फाईनान्सले यस वर्ष हङ्कङ्को एचएसबीसी, संयुक्त राज्य अमेरिकाको बैंक अफ अमेरिका, भारतको स्टेट बैंक अफ इन्डिया, चीनको चाइना कन्स्ट्रक्शन बैंक, नेपालको ग्लोबल आईएमइ बैंक, मलेसियाको मे बैंक, बंगलादेशको स्ट्याण्डर्ड चार्टड बैंक, बंगलादेश फिलिपिन्सको मेट्रो बैंक लगायत विश्व भरका विभिन्न बैंकलाई विभिन्न विधामा सम्मानित गरेको थियो ।
युरोमनी अवार्ड फर एक्सिलेन्स-बेष्ट बैंक, नेपाल २०२२ ः-
यस भन्दा अघि ग्लोबल आईएमइ बैंकले युरोमनी अवार्ड फर एक्सिलेन्स बेष्ट बैंक नेपाल, २०२२ अवार्ड प्राप्त गरेको थियो । यो अवार्डको स्थापना ई.सं. १९९२ मा भएको थियो ।
ग्राहकलाई दिने सेवा नयाँनयाँ प्रविधिको प्रयोग तथा उच्चस्तरीय कार्य सम्पादनका लागि यो अवार्ड प्रदान गरिएको थियो । युरोमनी म्यागजिन बैंकिङ्ग क्षेत्रको गहकिलो विश्लेषण, सुझाव र समालोचनाको लागि प्रख्यात छ । युरोमनी समूहमा बैंक तथा बित्तीय क्षेत्रका ख्यातिप्राप्त तथा अनुभवि व्यक्तिहरु संलग्न छन् । अमेरिकाको बैंक अफ अमेरिकाले उक्त संस्थाबाट यस वर्ष विश्वको उत्कृष्ट बैंकको उपाधि प्राप्त गर्न सफल भएको थियो ।
इक्रा नेपालबाट ‘ए’ रेटिङ्ग ः-
इक्रा नेपालले जारिकर्ता टे्रडिङ्गमा ग्लोबल आईएमइ बैंकलाई आईसी आरएनपी-आईआर ‘ए’ प्रदान गरेको छु । यस रेटिङले बैंकसँग वित्तीय तथा आर्थिक दायित्व समयमा नै पूरा गर्न सक्ने पर्याप्त क्षमता तथा कर्जा जोखिम न्यून रहेको जनाउँछ ।
बैंकको पर्याप्त तरलता तथा पूँजी कोष, कर्जाको गुणस्तर तथा मिश्रण आर्थिक दायित्व, वृहत कार्यालय सञ्जाल, स्वस्थ ब्याज आम्दानी तथा आय विवरण, सञ्चालन खर्चमा नियन्त्रण, कुशल जोखिम व्यवस्थापन अभ्यास, बलियो प्रबद्र्धन समूह, अनुभव बोर्ड तथा व्यवस्थापन नेतृत्व जस्ता तथ्यको आधारमा उक्त रेटिङ पाएको थियो ।
बेष्ट इन्टरनेट बैंक, २०१६ नेपाल ः-
ग्लोबल बैंकले बेलायतको लण्डनबाट प्रकाशित हुने प्रसिद्ध म्यागजिन इन्टरनेशनल फाईनान्स म्यागजिनले प्रदान गर्ने बेष्ट इन्टरनेट बैंक विधाको नेपाल तर्फ अवार्ड प्राप्त गर्न सफल भएको थियो । उक्त म्यागजिनले ग्लोबल आईएमई बैंक नेपाली भाषा देवनागरी लिपीमा इन्टरनेट बैकिङ्ग सेवा प्रदान गर्ने नेपालको पहिलो बैंक हो ।
बैंक तथा वित्तीय क्षेत्रको ठूलो करदाता ः-
आयोजित कार्यक्रममा आ.ब. २०७९/०८० मा सर्वाधिक बैंक तथा बित्तीय क्षेत्रबाट बढी आयकर दाखिला गरेबापत सरकारले गर्ने सम्मान पनि ग्लोबल आईएमइ बेष्ट इन्टर बैंक सम्मान गरेको थियो । यो बैंकले नेट ने.रा.बैंकको ६९ औं बार्षिकोत्सवको अवसरमा रेमिट्यान्स भित्राउने बैंकहरु मध्येमा न्यिदब िक्ष्ःभ् बैंकले सर्वाधिक २१.१% रेमिट्यान्स भित्र्याएमा पुरस्कृति आ.ब. २०७८/०७९ मा रु. ३ अर्ब २० करोड भन्दा बढी कर दाखिला गरेको थियो । ग्लोबल आईएमई बैंकले प्रविधि मैत्री बैकिङ्ग सेवा तथा सुविधाको पहुँच विस्तार गरी सन् २०२५ सम्म आफ्नो व्यवसाय दोब्बर बनाउने लक्ष्य लिएको छ ।
यो वर्षको अवार्डसँगै ग्लोबल आईएमई बैंक दोस्रो पटक बेष्ट बैंक नेपाल अवार्डबाट सम्मानित भएको थियो । यस अघिपनि ग्लोबल आईएमए बैंकले युरो मनी अवार्ड फर एक्सिलेन्स २०२२ अवार्ड प्राप्त गर्न सफल भएको थियो ।
बैंकले अहिलेसम्म “बैंक अफ दि ईयर २०१४” बेष्ट ईन्टरनेट बैंक-२०१६” “बेष्ट बैंक अवार्ड २०२४” बेष्ट बैंक इम्पोलायर (employeer ) र बेष्ट बैंक (वातावरण, सामाजिक सुरक्षा, नेपाल विधा जस्ता प्रतिस्थित अवार्ड प्राप्त गरेका छन् । यो अवार्ड २०८१।५।२० मा सिंगापुरमा आयोजना भएको थियो । ग्लोबल आईएमई बैंक मूलुकका ७७ वटै जिल्लाहरुमा शाखा सञ्जाल भएको निजी क्षेत्रको पहिलो र सबैभन्दा ठूलो बैंक (चुक्ता पुँजीको आधारमा) बन्न सफल भएको छ ।
बैंकका ११०० भन्दा बढी सेवा केन्द्रहरु रहेका छन् । जसमा ३५४ शाखा कार्यालयहरु ३८४ वटा एटिएम, २५५ वटा शाखा रहित बैंकिङ्ग सेवाहरु, ६८ वटा एक्सटेन्सन काउण्टरहरु र ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयहरु रहेका छन् । बैंकलाई एक समारोहको बिचमा युरोमनी म्यागजिनका प्रतिनिधिले बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र सिईओ सुरेन्द्र राज रेग्मीलाई प्रदान गरियो ।
बैंकले यूके, यु.एस.ए, क्यानाडा, अष्टे्रलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यु.ए.ई., बहराइन, कुवेत, भारत, जोर्डन, हङ्कङ् लगायत अन्य थुप्रै देशहरुबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आइरहेको छ । ग्लोबल आईएमई बैंक स्थापना हुनुभन्दा अघि निजी क्षेत्रमा रेमिट्यान्स (बिप्रेषण )भित्र्याउने पहिलो कं. हो आईएमइ रेमिट्यान्स । त्यस पश्चात् ग्लोबल बैंकलाई आईएमईमा गाभेर ग्लोबल आईएमई बैंक बनेको हो । यो दुवै निजी कंं. का मालिक हुन् चन्द्र प्रसाद ढकाल ।
सबैभन्दा बढी रेमिट्यान्स(बिपे्रषण) भिœयाउने मूलुकको अग्रणी बिपे्रषण कंं आईएमई लि. लाई नेपाल राष्ट्र बैंकले बैसाख १४ गते आफ्ना ६९ औं वार्षिक उत्सवको अवसरमा आ.ब. २०७९/८० मा मुलुकमा भित्रिएको कूल रेमिट्यान्सको २७.५०% प्रतिशत आईएमई मार्फत आएको थियो ।
राष्ट्र बैंकको वार्षिक उत्सवको अवसरमा आयोजित बिशेष समारोहमा गर्भनर महाप्रसाद अधिकारीले आईएमई लि.का प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेललाई प्रशंसापत्र प्रदान गरेका थिए । बिपे्रषण अप्रवाहले मूलुकको समष्टिगत आर्थिक स्थायित्व, सामाजिक आर्थिक सुधार लगायत बाह्य क्षेत्र सन्तुलन समेतमा योगदान पुर्याएकोले प्रशंसापत्र प्रदान गरिएको हो । प्रमुख कार्यकारी अधिकृत पौडेलले यो सम्मानबाट ग्राहकलाई भरपर्दो, सुरक्षित तथा अत्याधुनिक फिनटेक प्रविधि सहितको रेमिट्यान्स सेवा प्रदान गर्न आईएमई थप उत्साहित बन्ने छ ।
दैवि प्रकोप उद्धार कोषमा ग्लोबल आईएमई बैंक सहित क्ष्ःभ् गु्रपको ५ करोड ः-
कोषमा ग्लोबल आईएमईले ४ करोड ५० लाख, क्ष्ःभ् लि. ले २० लाख, क्ष्न्क्ष् पु्रडेन्सियल इन्स्योरेन्सले १५ लाख, क्ष्ःभ् लाइफले १५ लाख गरि कूल ५ करोड रु. सहयोग गरेको छ ।
चुक्ता पुँजी ः- ३६ करोड ५५ लाख भन्दा बढी पुगेको छ । बैंकले आ.ब. २०८०/०८१ को खुद मुनाफाबाट ५.५० प्रतिशत बोनस शेयर दिने घोषणा गरिसकेको छ । सो बोनस शेयर राष्ट्र बैंकबाट र १८औं वार्षिक साधारण सभाबाट पारित भए पश्चात् वितरण गरिने छ ।
लेखक : प्रा.श्रेष्ठ शेयरधनी हुन्।

