काठमाडौं २५ जेठ। नेपालगञ्ज उद्योग वाणिज्य सङ्घ र नेपाल भारत मैत्री संगठनले नेपालगञ्जको विमानस्थलको विषयमा नेपाल सरकार पर्यटन मन्त्रालय र प्रधानमन्त्री कार्यालयको ध्यानाकर्षण गराउने भएको छ ।नेपालगञ्ज दिल्ली उडानको लागि भौतिक रुपमा केही कुराहरू अपुग रहेको भन्दै मन्त्रालयको ध्यानाकर्षण गराउने भएको हो ।शुक्रबार नेपालगन्ज उद्योग वाणिज्य संघले बोलाएको बैठकमा भारत सरकार उड्डयन मन्त्रालयलाई आग्रह गरेको पत्रलाई लिएर नेपालगञ्जका जनप्रतिनिधिहरू नेपाल सरकारका प्रतिनिधिहरू लगायतसँग छलफल गरिएको थियो ।
छलफलमा नेपालगञ्ज मानसरोवरको प्रमुख केन्द्रबिन्दु समेत रहेको नेपालगञ्ज दिल्ली उडानको आवश्यकता रहेको बताइएको छ ।छलफल कार्यक्रममा नागरिक उड्डयन कार्यालय नेपालगन्जका निमित्त प्रमुख बालकुमार सिंहले नेपालगन्ज विमानस्थलबाट दैनिक ६ वटासम्म अन्तर्राष्ट्रिय उडान भर्न सक्ने क्षमता भएको दाबी गरे ।

