काठमाडौँ, जेठ २५ गते । बागमती प्रदेशस्तरीय पुरुष हक्की प्रतियोगिता आइतबारदेखि भक्तपुरमा सुरु भएको छ ।
भक्तपुरको मध्यपुर थिमी नगरपालिका दिब्यश्वरीस्थित रोयल नेपाल फुटसलमा सुरु भएको प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्की कार्यकारी समिति सदस्य सुवर्ण श्रेष्ठले एक कार्यक्रमबिच उद्घाटन गर्नुभयो ।

दुई दिने प्रतियोगितामा बागमती, कोशी, मधेश, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश गरी ६ टोलीको सहभागिता रहेको छ ।


