काठमाडौं २५ जेठ। अमेरिकाबाट डिपोर्ट गरिएका थप नेपालीहरु आज काठमाडौं आउँदैछन् ।अमेरिकी चार्टर्ड विमानमार्फत् काठमाडौं फर्काइएका उनीहरू अपराह्न सवा ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने बताइएको छ । अमेरिकाले डिपोर्ट गरेका नेपालीहरुको संख्या कम्तिमा ४० देखि माथि हुन हुन सक्ने अनुमान छ । सुरुमा ४८ जना नेपालीलाई डिपोर्ट गर्ने तयारी गरिए पनि पछि केही नेपालीहरू रोकिएकाले संख्या थोरै कम हुनसक्ने अनुमान गरिएको हो ।
अमेरिकाले चार्टर्ड गरेको विमान डिपोर्ट गरिएका विभिन्न देशका नागरिकहरूलाई छाड्दै–छाड्दै आज अपराह्न ४ बजे काठमाडौँ आइपुग्ने र फर्किनेछ ।डिपोर्ट भएकाहरूलाई मानव बेचबिखन नियन्त्रण ब्युरोले सामान्य सोधपुछ गरेर घर जान दिने गरेको छ । दलालविरुद्ध कसैले उजुरी दिएमात्र अनुसन्धान प्रक्रिया सुरु हुने गरेको छ ।

