प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी ओली एवम् पूर्व राष्ट्रपति विद्या भण्डारीबीच तिक्तता बढेको अड्कलबाजी एवम् समाचार प्रकाशन भइरहेका बेला मंगलबार पूर्वराष्ट्रपति भण्डारी प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेकी थिइन्।
भण्डारी करिब ७ बजे बालुवाटार प्रवेश गरेकी हुन् ।
प्रधानमन्त्री ओली र भण्डारीबीच करिब डेढ घण्टा समसामयिक राजनीति र पार्टी संगठन लगायत विषयमा कुराकानी भएको बालुवाटार स्रोतले बताएको छ।
पूर्वराष्ट्रपति भण्डारी चीन भ्रमणलगत्तै नेपालका पूर्वी जिल्लाको भ्रमण सकेर काठमाडौँ फर्किएपछि प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेकी हुन्।
पूर्व राष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा फर्कने चर्चा चलिरहेको छ भने यही बेला उनले राजनीतिक भेटघाटलाई तीब्र बनाएकी छन् । डा बिन्दा पाण्डे, उषाकिरण तिमल्सिनालगायतलाई गरिएको कारबाही लगायत प्रति भन्डारी सन्तुष्ट छैनन् ।
प्रधानमन्त्री ओलीले सार्वजनिक रूपमै भण्डारीको राजनीतिक भेटघाट एवम् गतिविधिको चर्को आलोचना गरेका छन्।

