काठमाण्डौ । फिफा क्लब विश्वकपमा चेल्सीले विजयी सुरुआत गरेको छ।
एटलान्टाको मर्सिडेज–बेन्ज स्टेडियममा भएको खेलमा चेल्सीले लस एन्जलस एफसीलाई २–० ले हराउँदै विजयको शृंखला जोडेको हो। यससँगै चेल्सीले समूह ‘डी’ को चेल्सीले ३ अंक बटुल्दै शीर्ष स्थानमा रहेको छ।
चेल्सीका लागि पेड्रो नेटोले ३४ औं मिनेटमा पहिलो गोल गरेका थिए भने इन्जो फर्नान्डेजले ७९ औं मिनेटमा दोस्रो गोल थपेका थिए ।
त्यस अगाडि समूह ‘सी’ को खेलमा बोका जुनियर्स र बेनफिकाले २–२ को रोमाञ्चक खेल खेलेका थिए । यो नतिजापछि दुवै टिमले एक–एक अंक बाँडे।

