काठमाण्डौ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका कार्यवाहक महासचिव सीपी गजुरेल ‘गौरव’ले यो व्यवस्थाले देश र जनताको समस्या समाधान नगर्ने बताउनु भएको छ ।
नेपाली समाज बर्तमान समयमा तीनधारमा विभक्त भएको र यस्तो अवस्था समाजको लागि घातक हुने नेता गौरवले बताउनु भयो । कर्मयोगी बद्रीविक्रम थापा स्मृति सेवा गुठीद्वारा काठमाण्डौको राष्ट्रिय सभागृहमा आयोजित पुरस्कार एवम् सम्मान अर्पण समारोहमा बोल्दै नेता गजुरेलले लोकतान्त्रिक व्यवस्थामा सबै समस्याको समाधान हुन्छ भनेर हामीले लोकतान्त्रिक गणतन्त्र ल्यायौं । तर १८ बर्षमा पनि किन देश र जनताको अवस्थामा परिवर्तन आएन ? यसको जवाफ एउटै हो- हामी र हामीले ल्याएको व्यवस्था काम लाग्ने भएन । यसले काम गर्न सकेन । सरकारलाई हामीले यो काम गर्न सक्यौ भन्ने प्रश्नको जवाफ दिन गतिलो आधार छैन । त्यसैले हामीले अब देशमा जनगणतन्त्र आवश्यक छ भनेका छौं ।
एकातिर मानिसहरू राजतन्त्र ठिक छ भन्नेतिर थालेका छन् । मुलुकमा हामीले लामो समयसम राजतन्त्र भोग्यौं, त्यसले नेपाली जनतालाई थप शोषण गर्नुभन्दा केही गरेन । त्यसैले त्यो ठिक छैन ।
अर्कोतर्फ नेपालका लागि नयाँ पार्टीहरू पुरानै चरित्रसहित आएका छन् । तिनले पनि नेपालको समस्याको समाधान गर्न सक्दैनन् । तिनले नेपालको राजनीतिलाई सहि दिशामा डोर्याउन सकिरहेका छैनन्
अर्को तर्फ अहिले नेपाली कांग्रेस र नेकपा एमाले मुख ठूला दुई पार्टी र अन्य दलको समर्थनमा सामान्य बहुमत भन्दा बढिको सरकार छ तर त्यसले देश र जनताको पक्षमा काम गर्ने काम भएको छैन ।

सरकार आफूलाई कुर्सिमा कहिलेसम्म हुन्छ टिकाउने, म पनि भ्रस्टाचार गर्दिनँ र अरुलाई पनि गर्न दिन्न भन्दै अर्को चुनावका लागि भ्रस्टाचार मार्फत सम्पत्ति कुम्ल्याउन लागि परेको छ । नेता गजुरेलले भन्नुभयो- ‘यस्तो अवस्थाले कोही व्यक्ती त बन्ला, देश बन्दैन ।
त्यसैले मुलुकमा अर्को परिवर्तन आवश्यक छ । हामीले भनेका छौं, त्यो जनगणतन्त्र हो ।’
आइतबार सम्पन्न कार्यकम गजुरेलले कर्मयोगी बद्रीविक्रम थापा नेपाली राजनीती, समाजसेवाको क्षेत्रमा भुल्न नसकिने एक नाम भनी स्मरण गर्नुभएको थियो । आफ्नो घर र कर्मयोगी वद्रीविक्रम थापाको घर सानो खोल्साले छुट्याएको बताउँदै बुवाको नामलाई छोरा किरण थापाले गुमनाम हुन नदिएर महत्त्वपूर्ण काम गरेको समेत उल्लेख गर्नुभएको थियो ।
-मिसन अधिकारीबाट
