काठमाण्डौ— मन्थली नगरपालिका–६ भलुवाजोरस्थित बोक्से पहरामा स्कारपियो दुर्घटना भएको छ । दुर्घटनामा एक महिलाको मृत्यु भएको छ। घटनामा उनका श्रीमान् घाइते भएका छन्।
आइतबार (आज) बिहान सदरमुकाम मन्थलीबाट हेटौँडास्थित छोरालाई भेट्न जाँदै गर्दा गाडी दुर्घटनामा परेको थियो। प्रहरीका अनुसार स्कारपियो मन्थली–खुर्कोट सडक खण्डको बोक्से पहराबाट तामाकोशी नदीतर्फ खसेको हो।
दुर्घटनामा मन्थली नगरपालिका–१ की करिब ४० वर्षीया राधा कार्की चौहानको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक कौशल न्यौपानेले जानकारी दिए। गाडी अप्ठ्यारो भिरमा अड्किएका कारण उद्धारमा कठिनाइ भए पनि प्रहरीले महिलाको शव निकालेको छ।
घाइते भएका उनका श्रीमान् उत्तम चौहानको मन्थलीस्थित रामेछाप सामुदायिक अस्पतालमा उपचार भइरहेको छ।

