काठमाण्डौ । बर्दियाको ठाकुरबाबा नगरपालिका– ९ हात्तीसारमा रहेको खौराहा खोलामा पौडी खेल्ने क्रममा गोहीको आक्रमणबाट बेपत्ता युवाको पाँच दिनपछि शव भेटिएको छ।
ठाकुरद्वाराको खौराहा खोलामा पौडी खेल्ने क्रममा पाँच दिन अघि बेपत्ता युवाको शव पौडी खेलेको स्थानबाट करिव दुई किलोमिटर पर फेला परेको हो।
पौडी खेल्ने क्रममा गोहीको आक्रमणबाट मधुवन नगरपालिका–१ कैलासीका १९ वर्षीय रुपमिलन थारू बेपत्ता भएका थिए। उनि बेपत्ता भएको दिनदेखि नै हात्ती, मोटरबोटसहितको निकुञ्ज, नेपाली सेनाको टोलीले खोजतलास गरेको थियो।
बर्दिया राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सरोजमणी पौडेलले बेपत्ता युवाको शव फेला परेको र आवश्यक प्रक्रिया पूरा गरी परिवारको जिम्मा लगाउने बताए।

