काठमाडौँ । अष्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी–२० शृङ्खलाअन्तर्गत आज नेपाल र पाकिस्तानबीच समूह चरणको अन्तिम खेल हुँदैछ । नेपाली समयअनुसार अपराह्न ३ः१५ बजे सुरु हुने खेलमा नेपालले सेमिफाइनल प्रवेशका लागि जित अनिवार्य हुने भएको छ ।
शृङ्खलामा ११ टोली सहभागी भएका छन् । नेपाल हाल अंक तालिकाको सातौँ स्थानमा रहेको छ । सेमिफाइनल प्रवेशको सम्भावना कायम राख्न नेपालले पाकिस्तानलाई पराजित गर्नैपर्ने दबाब रहेको छ ।
नेपालको प्रदर्शन सुधारका लागि यस खेल निर्णायक बन्ने देखिन्छ भने पाकिस्तानले पनि समूह चरणको अन्तिम खेल जित्दै उत्कृष्ट समापन गर्ने लक्ष्य राखेको छ ।

