ईश्वरी थापा
९ भाद्र २०८२;काठमाडौ ।
नेपाल ट्रेड युनियन महासङ्घ(जिफन्ट) आबद्ध गृह श्रमिक ट्रेड युनियन (हुन) को संस्थापक भएकोमा गर्भ लाग्ने मन्त्री श्रेष्ठले बताउनु भयो ।
गत शुक्रबार हुन केन्द्रीय अध्यक्ष ;चन्द्रसागर लामाको अध्यक्षतामा `असल कामहरूको अनुभव आदानप्रदान ,संस्थापक अध्यक्षलाई बधाई कार्यक्रम´ मा उक्त कुरा बताउनु भएको हो ।
नेपाल गृह श्रमिक ट्रेड युनियन (हुन)ले भाद्र ६ गते संस्थापक बिन्दु श्रेष्ठलाई बागमती प्रदेश सरकारको उद्योग ,बाणिज्य ,भुमि तथा प्रशासन मन्त्री पदमा नियुक्त हुनुभएको खुशीमा एक कार्यक्रम आयोजना गरि सम्मान गरेको छ ।
सम्मान ग्रहण गर्दै प्रमुख अतिथि :मन्त्री श्रेष्ठले गृह श्रमिक युनियनको पृष्ठभुमिबाट अघि बढ्दै गर्दा प्राप्त भएको यो अवसरलाई भरपुर सही ढङ्गले उपयोग गर्ने बताउनु भयो ।
उहाँले जहिले पनि श्रमजीवी बर्गप्रती समर्पित हुने र संगठनको उच्चतामा कुनै आच आउन नदिने र यसको श्रेय पनि युनियनलाई जाने बताउनु भएको छ ।
यस आर्थिक वर्षमा पनि आफुले श्रमिकका पक्षमा वकालत गरेको र विभिन्न तहमा बजेट विनियोजनमा पहल गरि अघि बढेको प्रस्टाउनु भएको छ ।
कार्यक्रमको विशेष अतिथि :जिफन्ट अध्यक्ष ;बिनोद श्रेष्ठले संगठन बलियो भयो भने धेरै काममा उपलब्धि हासिल गर्न सकिने हुनाले श्रमिकहरु संगठित गर्ने काममा जोड दिदै जाउ,त्यसैमा उच्च सम्मान प्राप्त हुने कुरा बताउनु भयो ।
हुन केन्द्रीय महासचिव :ज्ञानुमाया क्षेत्रीको संचालन रहेको कार्यक्रममा जिफन्ट उपाध्यक्ष ;जितेन्द्र श्रेष्ठ ,उप-महासचिव ;कमला तामाङ ,जिफन्ट बागमती प्रदेश अध्यक्ष :रामहरि नेपाल ,मजदुर विशेष जिल्ला कमिटी अध्यक्ष :तुलसी सिवाकोटी , जिफन्ट सचिबहरु,विभिन्न घटकका पदाधिकारी ,महिला,युवाहरुको बाक्लो उपस्थिति रहेको थियो ।

