काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहले जारी आन्दोलनमा संलग्न जेनजी समूहलाई घर फर्कन आग्रह गरेका छन्।
सामाजिक सञ्जालमार्फत संदेश जारी गर्दै साहले शान्ति, सुरक्षा र नागरिक जीवनलाई सामान्य अवस्थामा फर्काउन demonstrator हरूलाई घर जान अनुरोध गरेका हुन्। उनले आन्दोलनका माग र आवाजलाई सम्बोधन गर्न संवाद र शान्तिपूर्ण उपाय नै उचित माध्यम भएको भन्दै जिम्मेवार नागरिकका रूपमा संयम अपनाउन पनि आग्रह गरेका छन्।
साहले हालको परिस्थितिमा अराजक गतिविधि बढ्न सक्ने भन्दै त्यसबाट टाढा रहन युवाहरूलाई चेतावनी दिएका छन्। उनले आन्दोलनलाई सकारात्मक निष्कर्षतर्फ डोर्याउन सबै पक्षलाई जिम्मेवार बन्नुपर्ने आवश्यकता औंल्याएका छन्।

