जनकपुरधाम — धनुषाको मिथिला बिहारी नगरपालिका–९ का वडाध्यक्ष विन्देश्वर यादवको गोली प्रहारबाट मृत्यु भएपछि एक प्रहरी जवानलाई पक्राउ गरिएको छ।
भोज खाने विषयमा उत्पन्न विवादले उग्र रुप लिएपछि प्रहरी जवान शम्भु यादवले वडाध्यक्षमाथि गोली चलाएको जनकपुरधामका प्रहरी नायब उपरीक्षक गणेश बमले जानकारी दिए। घटनामा केही व्यक्ति घाइते भएका छन्।
घाइतेहरू प्रादेशिक अस्पताल जनकपुरधाममा उपचाररत छन् ।
गोली प्रहार गर्ने प्रहरी जवान धनुषा प्रहरीमा कार्यरत रहेको प्रहरीले जनाएको छ। डीएसपी बमका अनुसार घटनाका सबै पक्षमाथि अनुसन्धान भइरहेको छ।

