काठमाडौँ — नेपाल प्रहरीले जनपदतर्फका प्रहरी नायब महानिरीक्षक (डिआइजी) ईश्वर कार्कीलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवाका लागि सिफारिस गरेको छ।
गृह मन्त्रालयअन्तर्गतको बढुवा समितिको शुक्रबार बसेको बैठकले कार्कीलाई एआइजीमा उर्न सिफारिस गर्ने निर्णय गरेको हो। हाल कार्की कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरमा कार्यरत छन्।
प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम (४) अनुसार कार्कीलाई बढुवाका लागि सिफारिस गरिएको समितिका सदस्य–सचिव तथा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए।

