काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको सचिवालय र विज्ञ समूहको संरचना ठूलो परिमाणमा संक्षिप्त गर्ने निर्णय गरेकी छन्। जेनजी युवाहरूले उठाउँदै आएको सचिवालय कटौतीको आवाजलाई सम्बोधन गर्दै संरचना पुनर्संयोजन गरिएको ओपीएमसीले जनाएको छ।
हाल २० सदस्य रहेको सचिवालयलाई अब ६ सदस्यीय मात्र बनाइनेछ। नयाँ संरचनामा मुख्य सल्लाहकार, जनसम्पर्क सल्लाहकार, प्रमुख स्वकीय सचिव, प्रेस संयोजक, फोटोग्राफर र जनस्वास्थ्य विज्ञ मात्र रहनेछन्।
छ सदस्य बाहेकका पदहरू मंसिर ११ गतेदेखि खारेज हुने प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका प्रवक्ता सहसचिव हेमराज अर्यालद्वारा जारी विज्ञप्तिमा जनाईएको छ।
सरकारले लिएको यो कदम खर्च कटौती, सुशासन र कार्यक्षमता बढाउने दिशामा महत्वपूर्ण संकेतका रूपमा हेरिएको छ।

