काठमाडौँ । लुम्बिनी लायन्सका ओपनर डार्सी सर्टले नेपाल प्रिमियर लिग (एनपीएल) मा उत्कृष्ट प्रदर्शन गर्दै विराटनगर किङ्सविरुद्ध दमदार अर्धशतक प्रहार गरेका छन्।
सर्टले ३९ बलमा ५ चौका र २ छक्कासहित पचास पूरा गर्दै टीमलाई सशक्त सुरुवात दिलाए। यो दोस्रो संस्करणको २७औँ अर्धशतक बनेको छ, जसमा २३ खेलाडी सामेल छन्।
यसअघि को–कोले अर्धशतक जोडे ?
जारी सिजनमा अर्धशतक बनाउने खेलाडी रवी बोपरा (चितवन राइनोज) – ३ अर्धशतक, कुशल भुर्तेल (पोखरा एभेन्जर्स) – २ अर्धशतक र प्रियाङ्क पञ्चाल (कर्णाली याक्स) – २ अर्धशतक हुन् ।
त्यसैगरी एक/एक अर्धशतक प्रहार गर्ने खेलाडीहरू—
विनोद भण्डारी, जोश ब्राउन, हरमित सिंह, इशान पाण्डे, लोकेश बम, मार्टिन गुप्टिल, बसिर अहमद, सुमित वर्मा, जिमी निशम, एडम रोसिङ्टन, डेविड मलान, अर्जुन साउद, जोन सिम्पसन, मार्क वाट, वायन पार्नेल, सञ्जय कृष्णमूर्ति, माज सदाकत, अनिल शाह र आशिफ शेख रहेका छन् ।
एकमात्र शतक प्रहार गर्ने दुई खेलाडी
जारी प्रतियोगितामा कर्णालीका मार्क वाट र पोखरा एभेन्जर्सका एडम रोसिङ्टनले मात्र शतक प्रहार गरेका छन्।

