– किरात समुदायको पर्व उधौली, ज्यापू समुदायले मनाउने योमरी पुन्हि (ज्यापु दिवस) तथा हिन्दू धर्मावलम्बीको धान्यपूर्णिमा पर्वको अवसरमा देश–विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा नेपाली कम्युनिष्ट पार्टीले हार्दिक शुभकामना व्यक्त गरेको छ।
पार्टीको शुभकामना सन्देशमा भनिएको छ कि यी पर्वहरूले नेपाली समाजमा एकताको भावना बलियो बनाउने मात्र नभई हाम्रो सांस्कृतिक सम्पदा र परम्परालाई पनि समृद्ध पार्ने महत्वपूर्ण अवसर हुन्। पार्टीले देशभरका नेपालीहरूलाई समृद्धि, स्वास्थ्य र खुशीयालीको कामना गर्दै पर्व मनाउन आग्रह गरेको छ।
सन्देशमा विशेष रूपमा उल्लेख छ, “हामी सबैले आपसी सद्भाव, मेलमिलाप र सामाजिक उत्तरदायित्वको भावना सुदृढ गर्दै यस पर्वलाई मनाउनु पर्छ। नेपालीको साझा पहिचान र सांस्कृतिक विविधता हाम्रा शक्ति हुन्, यसलाई हामीले सँधै जगेर्ना गर्नुपर्छ।”
नेपाली कम्युनिष्ट पार्टीले आगामी दिनहरूमा पनि सामाजिक सद्भाव र राष्ट्रिय एकताको प्रवर्द्धन गर्दै विभिन्न समुदायसँगको समन्वयमा काम गर्दै जाने प्रतिबद्धता जनाएको छ।

