काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनलले लगातार दोस्रो वर्ष ‘बैंक अफ द इयर’ अवार्ड हात पारेको छ। लण्डनमा सम्पन्न विशेष अवार्ड समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोख्रेलले अवार्ड ग्रहण गरेका हुन्।
यो अवार्ड यस वर्ष १३२ देशका प्रतिष्ठित बैंकहरूलाई मूल्यांकन गरी प्रदान गरिएको हो। नेपालबाट सिटिजन्स बैंकले उत्कृष्ट प्रदर्शनका आधारमा शीर्ष स्थान सुरक्षित गरेको आयोजकहरूले जनाएका छन्।
प्राविधिक नवप्रवर्तन र दिगोपन प्रमुख मापदण्ड
डिसेम्बर ४ मा प्रदान गरिएको अवार्ड प्राविधिक स्तरोन्नति, नयाँ उत्पाद विकास, वित्तीय समावेशीकरण, दिगोपनमा प्रभाव र ग्राहक सेवामा देखाएको सुधारलाई मुख्य मापदण्ड बनाइन्छ।
सिटिजन्स बैंकले यी क्षेत्रमा लिएको निरन्तर अग्रसरता अवार्ड प्राप्तिको प्रमुख आधार बनेको बताइएको छ।
लगातार दोस्रो वर्षको सफलता र विश्वासको प्रमाण
सन् २०२४ मा पनि सिटिजन्स बैंकले यही अवार्ड प्राप्त गरेको थियो।
लगातार दोस्रो वर्षको उपलब्धीले बैंकप्रतिको ग्राहक, सेयरधनी र कर्मचारीको विश्वास तथा सामूहिक मेहनतलाई प्रतिबिम्बित गरेको सीईओ पोख्रेल बताए।

