काठमाण्डौ — नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बुधबार (आज) बिहान बस्ने भएको छ। पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाईएको हो।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूको उपस्थितिका लागि निर्देशनसहित अनुरोध गरिएको उनले जानकारी दिएका छन् ।
यसअघि मंगलबार बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो १ बजेका लागि सारिएको थियो । १ बजेको लागि बैठक बोलाईएको भए पनि थप छलफल र आवश्यक तयारीका लागि भन्दै बेलुकी ७ बजेका लागि सारिएको थियो ।
विशेष महाधिवेसन पक्षधरसँग सहमती नबनेका कारण बैठक बुधबार बिहानका लागि सारिएको मुख्यसचिव पौडेलले बताए।

