काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ । बिहीबार कास्की जिल्ला अदालतले प्रहरीलाई अनुसन्धानका लागि थप पाँच दिनको अनुमति दिएको हो ।
यसअघि छैटौंपटक थपिएको म्याद बुधबार सकिएको थियो । बिहीबार सातौँपटक म्याद थपका लागि उनलाई अदालतमा पेस गरिएको हो ।

