भर्खरै धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य तथा जनसंख्या मंन्त्री प्रदिप पौडेलले उद्घघाटन गर्नुभएको फार्मेसी भवन विवादमा तानिनुको साथै उक्त भवनको पहिलो तलामा विमाको औषधी आंशिक रूपमा वितरण गरिएको छ भने दोश्रो र तेस्रो तलामा अंकोलोजी र वर्नवार्ड उद्घघाटन गरेर पनि संचालनमा आएको देखिन्न ।
एउटै भवनमा ३ वटा शिलालेखको माध्यमवाट आफ्नो नाम लेखाउन सफल भएपनि उक्त भवनमा चाहिने आवश्यक पूर्वाधारहरु अझै बन्न सकेको छैनन् । लिफ्ट, –याम्प, एक्सरे मेसिन, ICO जो विमारीलाई आवश्यक पर्ने पूर्वाधार पूर्ण नगरी हतार हतार उद्घघाटन गर्नुको पछाडी के रहस्य लुकेको छ ? विद्युत र पानीको समुचित व्यवस्थापन पनि अझै हुन बाँकी नै छ ।
उक्त फार्मसी भवनमा अख्तीयारले चासो राखी प्रतिष्ठानलाई ताकेता समेत दिएको छ । उक्त भवनको कागजात अध्ययन गर्दा २८ वटा कैफियत समेत देखिन आई सो समेतलाई सुधार
गरी कार्यकारिणी समितिवाट निर्णय गरि कानूनी रुपले जान उपयुक्त सुझाब र टिप्पणी पेश गरे पनि त्यसलाई बेवास्ता गरी उद्धघाटन गर्नुको पछाडी ठूलै रहेस्य रहेको कुरा हुन सक्ने बताइएको छ ।
उक्त उद्धघाटनमा प्रतिष्ठानका ४ जना पदाधिकारीहरु (उपकुल प्रति शिक्षाध्यक्ष, रजिष्ट्रार , अस्पताल निर्देशक) मध्ये शिक्षाध्यक्ष डां सन्जीव कु शर्मा र रजिष्ट्रार प्रा. डां सूर्य प्रसाद संग्रौला भने उपस्थित भएको देखिएन । यस सम्वन्धमा रजिष्ट्रारलाई सोधनी गर्दा वाहाँले भवनको प्रकृया नै नपुगेको हुनाले प्रत्रृmया पुन्याएर मात्र मंन्त्रीज्यूबाट उद्घघाटन गर्दा उपयुक्त हुन्छ भनी अनुरोध गरेकै हो तर मंन्त्रीज्यूले यति भन्दा पनि आफ्नो कुरा नसुनेको हुनाले र प्रत्रृmया नपुगेको भवनमा आफ्नो नाम
सहित राखेर शिलालेखमा कुँदिएको जानकारी पछि पाउँदा त्यस प्रति आफू सहमती नभएको र उद्घघाटनमा नगएको बताउँनछन्।
प्रतिष्ठानका उपकुलपतिको पदावधी आउँदो चैत्र २६ गते सकिने २ मंन्त्रालयका सचिवको पनि फाल्गुण महिनामा नै पदावधी सकिने हुनाले अनेकौं शंका उपशंका उब्जीएको छ । मन्त्रीले जानी जानी वा उपकुलपति र सचिवले के कस्तो सल्लाह र सुझाबबाट उद्घघाटन गरे मन्त्रीज्यूको उद्घघाटन विवादमा फस्यो । उद्घघाटन गरेर पनि उक्त ठाउँमा जनताले सेवा पाएका छैनन् । अस्पतालवाट मात्र केहि सेवा उपलब्ध छ ।
फार्मेसी भवन उद्घाटन तथा जलन र अंकोलोजी वार्ड सञ्चालनका लागि गत पुस २८ गते उपकुलपति प्राडा. गिरीले अस्पतालका निर्देशक डा. जगतनारायण प्रसाद र केही कर्मचारी मात्रैको उपस्थितिमा एकलौटी निर्णय गरेका थिए। यसबारे प्रतिष्ठानका रजिस्ट्रार, रेक्टरसहितले असहमति जनाउँदै आएका थिए।
“प्रतिष्ठान नियमावली २०५५ को परिच्छेद १५ मा जिन्सी सम्पत्तिको लेखा राख्न लगाउने र संरक्षण गर्ने/गराउने जिम्मेवारी रजिस्ट्रारलाई दिएको हुँदाहुँदै पनि रजिस्ट्रारलाई गुमराहमा राखी यस प्रकारको निर्णय गर्न मिल्दैन। प्रतिष्ठानको कुनै एक ठाउँमा भएको जिन्सी सामान प्रतिष्ठानकै अर्को ठाउँमा सार्नुपर्दा रजिस्ट्रारको जानकारीबेगर सार्न सकिँदैन,” रजिस्ट्रार प्राडा संग्रौलाले उपकुलपति प्राडा. गिरीलाई माघ १ मा लेखेको पत्रमा उल्लेख छ, “त्यसमा पनि बिजुली, पानी तथा लिफ्टजस्ता अत्यावश्यक कुराको उचित प्रबन्धबिना नै हस्तान्तरणसमेत नभएको भवनको उद्घाटन गर्दा यसबाट दीर्घकालीन रूपमा पर्न जाने असरका बारेमा पनि समग्र विश्लेषण गर्न आवश्यक पर्ने हुन्छ।”

