–शेयरधनी, प्रा. शत्रुघन श्रेष्ठ
“प्रगतिको आधार, कामना सेवा सँगको कारोबार” भन्ने मूल मन्त्रको नारा सहित साविक कामना विकास बैंकको रुपमा वि.सं. २०६४ असोज २४ गते नेपाल राष्ट्र बैंकबाट बित्तीय कारोबार गर्नका लागि इजाजत प्राप्त गरी कास्की जिल्ला लेखनाथ स्थित नाकडाँडामा केन्द्रिय कार्यालय राखी मिति वि.सं. २०६४ कार्तिक २७ देखि आफ्नो बैंकिङ्ग व्यवसाय कारोबारको शुभारम्भ गर्दै आइरुहेको छ । मिति ०७३ असार ६ मा कास्की जिल्लाको पोखरामा नै केन्द्रिय कार्यालय राखी राष्ट्रिय स्तरको कार्यक्षेत्रको स्वीकृति लिई बित्तीय कारोबार गरिरहेको कास्की फाईनान्स लि.सँग मर्ज गरेपछि राष्ट्रिय स्तरको विकास बैंक भई कार्य गर्दै आईरहेको कामना विकास बैंक र १० जिल्ला कार्यक्षेत्र भएको रुपन्देही जिल्लाको बुटवल–८, पुष्पलाल पार्कमा केन्द्रिय कार्यालय रहेको सेवा विकास बैंक बीच मिति ०७४ साउन २० गतेका दिन एक आपसमा मर्ज भई कामना सेवा विकास बैंकले व्यावसायिक कारोबार गर्दै आईरहेकोमा मर्ज पश्चात् बैंकलाई अझै अब्वल, दिगो, दरिलो विश्वसनीयता भएको बैंकलाई हाम्रा आदरणीय प्रमुख कार्यकारी अधिकृत ज्यू, दिनेश थकाली, अध्यक्ष ज्यू सुदिप आचार्यको पहल कदमीले राष्ट्रिय स्तरको बिकास बैंक बनाउने उद्देश्यका साथ काठमाडौं – ३० ज्ञानेश्वरमा अत्याधुनिक भव्य सुविधा सम्पन्न भएको भवन निर्माण गरी काठमाडौंलाई नै बैंक केन्द्रिगत सु–सम्पन्न गरी बैंक आज दिगो, दरिलो, विश्वासिलो बैंक बन्न सफल भएको छ ।
त्यतिमात्रै नभै बैंकमा कार्यरत कुशल, विज्ञ कर्मचारीहरुको योगदानबाट आज बैंक बिकास बै.कहरुमध्ये पहिलो स्थानमा उक्लिन सफल भएको छ । बैंकले आफ्ना कूल १३४ शाखा सञ्जाल, १ वटा एकस्टेन्शन (Extension) काउण्टर सहित ७ वटै प्रदेशहरुमा बैकिङ्ग सेवा सुविधा पुर्याई ग्राहक वर्गहरुको विश्वसनीयता जोगाउन सफल भएको छ ।
कामना सेवा बिकास बैंकको नाफामा छलाङ : ६३% प्रतिशत लाभांश क्षमता, गत आ.ब. २०८०/८१ को चौथो त्रैमासमा (KSBBL) कामना सेवा बिकास बैंकले खुद नाफा ६३% प्रतिशतबाट बढाएर रु. ६० करोड ३२ लाख १७ हजार पुर्याउन सपल भएको थियो ।
गत वर्षको सोही अवधिमा बैंकले रु. ३६ करोड १३ लाख ६४ हजार खुद नाफा गर्न सफल भएको थियो । कामना सेवा बिकास बैंकले आफ्ना निक्षेपकर्ताहरुलाई बुद्ध एयरको टीकटमा ८% छुटको व्यवस्था पनि गरेको छ । हवाई सेवा सुविधा नेपाल भरमा नै गरेको छ ।
गत असारसम्म बैंकको खुद ब्याज आम्दानी ३% प्रतिशतले बढेर रु. २ अर्ब १२ करोड ५२ लाख रु. पुगेको थियो ।
गत वर्षको सोहि अवधिमा बैंकले रु. २ अर्ब ६ करोड ७६ लाख रु. खुद ब्याज आम्दानी गरेको थियो । यसै अवधिमा बैंकको नेट फी र कमिशन आम्दानी २६ करोड ९२ लाख रु. र कुल सञ्चालन आम्दानी २ अर्ब ४८ करोड ६४ लाख र सञ्चालन नाफा ९७ करोड ८४ लाख गरेको थियो । साथै बैंकको वितरण योग्य मूनाफा रु. ३५ करोड ७८ लाख रहेको थियो । गत वर्षको नाफाबाट बैंकले २०८०/८१ मा ७% प्रतिशतका दरले हुन आउने रकम रु. २२ करोड ९६ लाख ८१ हजार ५२६ रु. बराबरको बोनस शेयर दिन सफल भई बिकास बैंकहरु मध्ये आ.व. २०८०/८१ मा शेयर धनीहरुलाई सबैभन्दा उत्कृष्ट बोनस शेयर दिन सफल भएको थियो । त्यतिमात्र नभै बैंकले खुद मुनाफाको १% प्रतिशतको CSR सामाजिक उत्तरदायित्व (Corporate Social Responsibility) अन्तर्गत अन्तर्गत रु. ५८ लाख १८ हजार ३१८ खर्च गरेको थियो । जुन अघिल्लो वर्ष रु. ३६ लाख १३ हजार ६४५ खर्च गरेको थियो ।
शेयरधनी : ३९९ जना बैंकमा संस्थापक, सर्वसाधारण शेयरधनीहरु ५५ हजार ४४९ जना रहेका छन् । बैंकको आ.व. २०८०/८१ मा बाँडफाँड योग्य रकम रु. ४१ करोड १२ लाख १ हजार ५३८ (संचित मुनाफा सहित) ६६८, बैंकका हाल कायम चुक्ता पुँजी रु. ३ अर्ब २८ करोड ११ लाख ६४ हजार ।
पुँजी कोष अनुपात : १२.५० प्रतिशत कायम रहन गएको छ । जुन ने.रा.बैंकको नियम अनुसार आवश्यक पर्ने न्यूनतम कोष भन्दा बढी रहेको छ ।
कूल निक्षेप : रु. ५९.६९ अर्ब, कर्जा तथा सापटी : आ.व.को शुरुमा रु. ४६.७७ अर्ब रहेको कर्जा तथा सापटमा ७.२४% प्रतिशतले बृद्धि भई रु. ५०.१६% अर्बमा पुगन सफल भएको छ ।
लगानी : रु. ११.७० अर्ब, रहेकोमा नेपाल सरकारको ऋणपत्रमा रु. १०.६१ अर्ब र अन्य सङ्गठीत संस्थाको शेयरमा रु. १.०९ अर्ब लगानी रहेको छ ।
सञ्चालन खर्च तर्फ बैंकले ७६.१२ करोड र अन्य सञ्चालन खर्चमा रु. ४३.९६ करोड गरी कूल रु. १२०.०७ करोड खर्च गरेको छ । बैंकले आगामी वर्षहरुमा अझ यो भन्दा आर्थिक प्रगति गर्दै जान सकोस्।

