काठमाडौँ/फागुन १गते
मार्क्सवादी एकता अभियानद्वारा अबको जनक्रान्ति बिगतको “जनयुद्ध ” भन्दा कति फरक हुनुपर्ला विषयमा एक छलफल कार्यक्रमको आयोजना गरियो ।उक्त कार्यक्रममा सहभागिमाझअभियानको तर्फबाट संयोजक श्रीकान्त पंडितले विशेष प्रवेश पत्र तथा प्रश्नात्पक अबधारणा प्रस्तुत गर्नुभयो। पत्रमा आज देशमा विद्यमान राष्ट्रिय परिस्थिति र बिगतको दशवर्षे जनयुद्धमा के कस्ता त्रुटी भए , उपलब्धि के भए ? के मा असफल भए ? र अबको क्रान्ति बिगतभन्दा के फरक हुनुपर्ला ? छलफल रहेका थिए। कार्यक्रममा नेकपा का ऊपाअध्यक्ष डा.शम्भु कट्टेल, अध्यक्ष ऋषिराम कट्टेल, अखिल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष नारायण शर्मा, नेकपा (२००६)का सयोजक टंकनाथ पोडेल र नयाँ जनवादी मोर्चाका दिनेश बर्तोलालगायतले आ-आफ्ना विचार र प्रतिकृया ब्यक्त गर्नुभयो।यसैगरी पूर्व संसद सरिता रेग्मी र नेकपाका अर्का ऊपाअध्यक्ष आर बि भण्डारीले पनि उक्त अन्तर्क्रिया कार्यक्रममा अनुभव र सुझावहरु राख्नु भएको थियो। कार्यक्रम कीर्तिपुरको मैत्री नगरतमा सम्पन्न भएको हो। कार्यक्रम हुंदै गर्दा नजिकै सडकमा सुरक्षाकर्मी तैनाथ थिए।
सहभागी वक्ताहरुले दशवर्षे जनयुद्धलाई नेताहरूले स्वदेशी संसदबादी दलाल तथा बिदेशी पूजीबादीहरूलाई बुझाई धोका दिएको आरोप लगाएका थिए।उनीहरूले सम्झौतामा लगेर प्रतिक्रान्तिलाई सधाएको चर्चा गर्दै अबको क्रान्तिका मोडेलबारे अन्तर्क्रिया गर्दैगर्नुपर्ने कुरामाथि जोडदिएका थिए।

