लक्ष्मण उप्रेती
वर्तमानमा संसदीय दलाल पूजीवादी सत्ता नेपाली जनताको समस्या हो।यसको एक मात्र विकल्प समाजवादी ब्यबस्था हो।यसका लागि नयाँ जनवादी क्रान्तिका कार्यभारहरु पूरा गर्दै समाजवादी ब्यबस्थाको निर्माणमा लाग्नु हो।
१० बर्षे जनयुद्व र जनआन्दोलन-२बाट प्राप्त उपलब्धिहरुको रक्षा गर्दै अग्रगामी नयाँ रुपान्तरणको दिशामा अगाडि बढ्नु र नयाँ जनवादी क्रान्तिको मार्ग प्रसस्त पार्नु आजको आवश्यकता हो।यो अग्रगामी रुपान्तरणको अवरोधक र बिरोधि शक्ति यथास्थितिवादी दलाल पुजीवादी गठबन्धन सरकार नै हो।त्यसैले यतिवेला ” यथास्थितिवादी दलाल पुजीवादी गठबन्धन सरकारको अन्त्य ” र यसको ठाउँमा ” प्रगतिशील देशभक्त,जनतन्त्रिक शक्तिहरुको हस्तक्षेपमा सहमतिको कार्यनीतिक ” प्रगतिशील संयुक्त राष्ट्रिय सरकार ” बन्नु पर्दछ। यसका लागि १) संयुक्त मोर्चा निर्माण र यसको नेतृत्वमा संयुक्त जनाआन्दोलन २) संयुक्त राजनैतिक सम्मेलन ३) संयुक्त राजनैतिक सम्मेलन मार्फत प्रगतिशील,देशभक्त ,जनतान्त्रिक शक्तिहरुको ” प्रगतिशील संयुक्त राष्ट्रिय सरकार ” अहिलेको आवश्यकता हो।
अहिले देशमा प्रतिगमन र साम्राज्यवादी आक्रमण बढिरहेको सन्दर्भमा अग्रगामी शक्तिहरुको हस्तक्षेपमा नयाँ रुपान्तरण जोडदार आवस्यक बन्दै गएको छ।
कार्यनीति सरकारको स्वरुप
——————–
१) संस्थागत गणतन्त्र विरोधी यथास्थितिवादी दलाल पूजीवादी गठ्बन्धन सरकारको अन्त्य गर्नु।
२)प्रगतिशील – देशभक्त ,जनतन्त्रिक शक्तिहरुको हस्तक्षेपमा अग्रगामी जनगणतान्त्रीक संविधान तुरुन्त निर्माण गर्नु।
३)यथास्थितिवादी दलाल पूजीवादी गठबन्धन सरकार र विदेशी शक्ति केन्द्रहरुको नेपाली सार्वभौमसत्ता माथिको हस्तक्षेपको अन्त्य गर्नु।
४) अर्धसामान्ती एवं नवऔपनिवेशिक राज्यको पुरानो संरचना र सन्धिहरुलाइ भत्काउदै स्वाधीन राष्ट्रिय संरचना र जनतन्त्रिक राज्री खडा गर्नु।
५)जनगणतन्त्र स्थापित गर्दै अग्रगामी नयाँ रुपान्तरणको दिशा तर्फ अघि बढ्नु।
६) जनताको गाँस-वास,कपास,स्वास्थ्य ,शिक्षा आदि विषयलाइ मौलिक अधिकार् भित्र राख्नु र तत्काल कार्यान्वयन गराउनु।
७)गरीव,विपन्न वर्ग ,राष्ट्र र जनताको पक्षमा रहेका सम्झौताहरु व्यबहारमा कार्यन्वयन गर्नु।
८) विपन्न वर्ग,महिला,दलित,जनजाति,अपांग ,तराइ मधेस एवं दुर्गम क्षेत्रका जनतालाइ विनाभेदभाव न्यायिक तरिकावाट राज्यको हरेक अङ्गको पहुँचमा पुर्याउनु।
९) भुमीमाथिको द्वैध स्वामित्व अन्त्य गर्दै किसानहरुलाइ विना मुआब्जा जमिन वितरण गर्न क्रान्तिकारी भूमिसुधार लागू गर्नु।
१०)वास्तविक सुकुम्बासीलाई पहिचान गरि ठुला भूमिपतिहरुसङ्ग रहेको हदबन्दी भन्दा माथिको जग्गा नियन्त्रणमा लिइ उनिहरुलाइ बैज्ञानिक ढंगवाट वितरण गरि बसोबासको ब्यबस्था मिलाउनु।
११)निर्वाचित प्रतिनिधिहरलाई राष्ट्रियता र जनहितविपरित गएमा उनिहरुलाइ प्रत्याहवान गर्ने व्यवस्था गर्नु।
१२)राष्ट्रियता,जनजीविका र जनअधिकारका पक्षमा उभिने प्रगतिशील ,देशभक्त तथा जनतान्त्रिक शक्तिहरुलाइ गोलबन्द गर्ने संयुक्त मोर्चालाइ शसक्त बनाउनु।
१३)दलाल पूजीवादी संसदीय सरकारले ल्यायको ” नो पे फर नो वर्क ” को औद्योगिक नीति श्रमिकहरुको हित विपरीत भएकाले उक्त नीति खारेज गर्नु।
१४)बुर्जुवा सस्कृती विरुद्ध जनवादी सस्कृती लागू गर्नु।
१५)बैज्ञानिक जनवादी शिक्षा लागू गर्नु।
१६)विभिन्न आयोगहरुले दोषी ठहरगरेकाहरुलाइ आवश्यक कर्वाही गर्नु।
१७)प्रवासी नेपालीहरुको हकहितको सुरक्षा ,कार्यदक्षताअभिवृद्विको साथै मुलुकभित्र हुने निर्वाचनमा मताधिकारको ब्यबस्था मिलाउनु।
१८)वर्तमान नेपाली सेनाको लोकतान्त्रिकरण गरि समाबेशी बनाइ त्यसको आवश्यक पुनर्संरचना गरेर देश र जनताप्रती उत्तरदायी बनाउनु।
१९)सबै तहमा हुने अनियमितता,भ्रष्टाचार ,अन्त्यको लागि सर्वस्वहरण सहित आजीवन काराबाससम्मका कडा कानूनी कार्वाहीको ब्यबस्था गर्नु।
२०)राष्ट्र्सेवक र मजदुरहरुका लागि न्यायपूर्ण र उचित तलब सुविधाको व्यवस्था मिलाइ सरकारी क्षेत्रमा हुने सबै प्रकारको भ्रष्टाचारलाई समाप्त पार्नु।
२१) उत्पीडित ,जनयुद्धका लडाकु,घाइते ,सहिद तथा वेपत्ता परिवारको सही ब्यबस्थापन गर्नु।
२२)भूगोल,जनसंख्या ,जाति ,भाषा,धर्म,संस्कृती एवं आर्थिक विकास आदि आधारहरुलाइ ध्यान दिई जनमुखी र समाजवाद उन्मुख जातीय स्वशासन कायम गर्नु।
२३)दलित,जनजाति ,अपांगहरुको उत्थानको लागि आरक्षण लगायत विशेष ब्यबस्था गर्नु।
२४)सामाजिक विकृती,आपराधिक ,उशृखल र उदण्ड आदि समाजविरोधी गतिविधिहरुलाइ नियन्त्रण गर्न शान्ति सुब्यबस्था वहालीको लागि विशेष पहल गर्नु।
२५)आत्मनिर्णय अन्तरगतको विकासमा केन्द्रित रही औद्योगिककीकरणलाई विकास र प्रोत्साहन गर्दै बेरोजगारी समस्या समाधान गर्न,बिदेश पलायन हुनवाट रोकी श्रमशक्तिलाइ स्वदेशमा नै रोजगार मिलाउने ब्यबस्था गर्नु।
२६)व्यबहारमा लागु हुने समानता र स्वतन्त्रतामा आधारित पन्चशीलको सिद्धान्त अनुसार विदेश नीति लागू गर्नु।
उप्रेती अखिल नेपाल कम्युनिस्ट पार्टीका महासचिव हुन् ।

