काठमाडौं । काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थानमा फोहोर तथा भौतिक क्षति पुर्याएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई एक लाख रुपैयाँ जरिवाना गरेको छ।
महानगरले आइतबार काटेको पत्रमा भनिएको छ, ‘ प्रस्तुत विषयमा मिति २०८१ फागुन २५ गते ताहाँ पार्टी कार्यालयबाट आयोजना गरिएको कार्यक्रममा सहभागी व्यक्तिहरुबाट एयरपोर्ट, तिलगंगा, गौशाला लगायत सार्वजनिक क्षेत्रका सडक, सडक पेटी तथा आईल्याण्ड र सोमा रहेका बिरुवाहरु साथै रेलिङमा भौतिक क्षति र जथाभावी रुपमा फोहोरमैला समेत गरी वातावरण प्रदुषण गरेकोले तपाईलाई फोहरमैला व्यवस्थापन ऐन, २०६८, काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ र काठमाडौँ महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम रु. १००,०००/०० (अक्षरुपी एक लाख जरिवाना गरिएको व्यहोरा निर्देशानुसार अनुरोध गरिन्छ।’

पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेको र्यालीका कारण काठमाडौँ उपत्यकाको ट्राफिक अवस्था अस्तव्यस्त भएको छ । गौशाला, चाबहिल क्षेत्रको ट्राफिक अवस्था अस्तव्यस्त भएको हो । जसका कारण सर्वसाधारणहरू हिँडेरै गन्तव्यतर्फ जन बाध्य भएका छन् ।
योगी आदित्यनाथको फोटोको पोष्टर बोकेर जुलुसमा सहभागीहरुबाट कस्तो देशभक्ति प्रदर्शन गरेको र ज्ञानेन्द्रनी कस्को बलमा नेपालको राजाहुन खोजिरहेका छन् ? यो पोष्टरबाट स्पष्ट हुँदैन र ?सबैलाइ चेतना भया।

