तीनकुने घटनापछि पक्राउ परेका राप्रपाका नेताद्वय रवीन्द्र मिश्र,धवलशमशेर राणा लगायत ११ जनालाई राजद्रोहको मुद्दा लगाइने भएको छ । काठमाडौं सरकारी वकिल कार्यालयका प्रमुख सहन्यायाधिवक्ता रामहरी शर्मा काफ्लेले ११ जनालाई राजद्रोहको र थप ३१ जनालाई आपराधिक उपद्रवको कसुर लगाउन लागिएको हो ।

