– प्रा. शत्रुघन श्रेष्ठ
“सम्पूर्ण बैकिङ्ग सुविधा सहितको तपाई हाम्रो घर आँगनको बैंक” भन्ने मूल नाराका साथ वि.सं २०२४ माघ ७ गतेका दिन देशको कृषि तथा ग्रामिण क्षेत्रको समग्र विकास गर्ने उद्देश्यले स्थापना भएको यस बैंकले वि.सं. २०३२ सालमा साना किसान विकास आयोजनाबाट ग्रामिण र गरिबी निवारण कार्यक्रम मार्फत सिमान्तकृत वर्गको उत्थान गर्ने कार्यक्रम हस्तान्तरण गरी सरकार दातृ निकायको मात्र भर नपरी आफ्नै पहलमा दिगो र भरपर्दो स्रोत जुटाई लक्षित कार्यक्रमहरु निर्वाध रुपमा सञ्चालन गर्ने उद्देश्यले शहरी क्षेत्रको निक्षेप संकलनलाई ग्रामिण क्षेत्रसम्म पुऱ्याउन वि.सं. २०४१ सालमा यस बैंकले वाणिज्य बैंकिङ्ग कारोबार शुरुआत गरेको थियो
कृषि विकास बैंक लि. (ADBL) ले दिर्घकालिन स्रोत संकलन गर्नका लागि डिवेञ्चर निष्काशन (Debentures Issue) कृषि मूल्य श्रृङ्खलाको कार्यक्रमका लागि विश्व बैंक (World Bank) अन्तर्गत आई.एफ.ए.डी (IFAD) Vita सँग ८० मिलियन डलरको ३५ वर्षे ऋण सम्झौता कार्यान्वयन गरेको थियो ।
कृषि विकास बैंकको कारोबारको अवस्था अरु बैंकको तुलनामा एकदमै राम्रो हुँदै आइराखेको छ । १८ लाख भन्दा बढी निक्षेपकर्ता र करिब झण्डै १ लाख ८० हजार भन्दा बढी कर्जाग्राहिलाई सेवा दिएर तरलता व्यवस्थापन गर्न (दिर्घकालिन) रु. १८ अर्बको कृषि बण्ड र रु. २ अर्ब ५० करोडको डिवेञ्चर जारी गरिसकेको छ । जसको ….. औसत ब्याजदर ५% प्रतिशत भन्दा पनि कम छ, त्यस्तैगरी आ.व. ०७८/७९ पौष मसान्तसम्मको विवरण अनुसार ADBL को निक्षेप रकम रु. १९० अर्ब भन्दा बढी र कर्जा रकम रु. १७ अर्बको हाराहारीमा रहेको छ भने बैंकको (Base Rate) औसत आधार दर (Base Rate of the Bank) १०.१५% प्रतिशत रहेको छ ।
बैंकको चुक्तापुँजी २०८०/८१ सम्ममा रु. १४ अर्ब भन्दा बढी रहेको छ ।
कृषि, ग्रामिण क्षेत्र र साना किसान देखि आधुनिक बैंकिङ्ग सम्मकृषि विकास बैंक लि.
स्थापनाकालिन समयमा कृषि र ग्रामिण क्षेत्रको विकासका लागि बि.सं. २०२४ माघ ७ गते यो बैंक स्थापना पछि स्व. श्री ५ महाराज धिराज महेन्द्र सरकारबाट उद्घाटन भई समयको चक्रसँगै यस बैंकले वाणिज्य बैंकिङ्ग क्रियाकलाप बढाउँदै व्यावसायिक परियोजनाहरुमा लगानी देखि सर्वसाधारणको निक्षेप संकलन गर्ने र सम्पूर्ण एवं आधुनिक बैंकिङ्ग क्रियाकलापहरु समेत गर्दै आजको दौरानसम्म आइपुग्दा पूर्ण वाणिज्य बैंकको रुपमा उद्देश्य हासिल हुन सक्ने गरी ग्रामिण विपन्न र गरिब जनतालाई आर्थिक विकासको मूलधारमा ल्याउन साना किसान विकास बैंकको स्थापनमा महत्वपूर्ण भूमिका समेत खेलेको र अन्तमा र आजको यहि सानो किसान विकास लघुवित्त परिणत भई यसले नेपालकै उत्कृष्ट लघुवित्तीय संस्था मध्येको रुपमा आउनु कृषि विकास लि. का लागि पनि खुशिको विषय हो ।
नेपालमा वि.सं. २०२० सालमा सहकारी बैंक स्थापना भए पनि सो बैंक उद्देश्य प्राप्तिका सफल नभएकोले देशको ग्रामिण तथा कृषि क्षेत्रको विकासमा सहयोग गर्ने प्रमुख उद्देश्यका साथ वि.सं. २०२४ माघ ७ गते कृषि विकास बैंकको स्थापना भई उक्त सहकारी बैंक समेत यसैमा गाभिएको (मर्ज) थियो। अहिलेको वृर्ष बैंक ५७ वर्षमा प्रवेश गरी सरकारी एवम अन्र्तराष्ट्रिय दातृ निकाय, गैर सरकारी निकायहरू समेतको सहयोग र समन्वयमा ग्रामिण तथा कृषि क्षेत्रमा विकासका लागि कृषि तथा कृषिमा आधारित उद्योग व्यवसाय र औद्योगिकिकरण, कृषिको व्यवसायीकरण एवं गैर कृषि क्षेत्रमा सरल र सुलभ कर्जा एवं सम्पूर्ण वाणिज्य बैकिङ्ग सेवा प्रदान गर्दै हाल सबैभन्दा ठूलो कार्य सञ्जाल भएको बैंकको रुपमा यसका २८१ वटा भन्दा बढी कार्यालयहरुबाट विस्तारित साधन, दिगो एवम् सामाजिक अभिमुखीकरण सहितको अत्याधुनिक कम्प्युटर प्रणालीमा आधारित आधुनिक सुविधा सहितको वाणिज्य बैंकिङ्ग सेवा उपलब्ध गराउँदै आएको छ । वाणिज्य बैंकिङ्ग, विकास बैंकिङ्ग र लघुवित्त गरी ३ वटा क्षेत्रमा एकै साथ सेवा प्रदान गर्दै वित्तीय साक्षरता एवं बैकिङ्ग सुविधाबाट सम्पूर्ण नेपाली जनताहरुलाई यस बैंकमा जोडिने र उनीहरुको घर आँगनको बैंकको रुपमा स्थापित हुने लक्ष्यका साथ बैंक अगाडी बढिरहेको छ ।
वि.सं. २०३२ सालबाट साना किसान विकास कार्यक्रम संचालन गरी यिनीहरुलाई सहकारी संस्थाको रुपमा स्थानीय स्तरमा नै हस्तान्तरण गर्नु कृषि विकास बैंकको लागि पनि एउटा ऐतिहासिक सफलताको क्षणको रुपमा लिन सकिन्छ ।
बैंकको हालको समग्र व्यवसायको अवस्थाको विश्लेषण गर्दा बैंकले कर्जा, निक्षेप एवम् व्यवसायलाई सन्तुलनको अवस्था कायम राख्न सक्षम भएको छ । हाल वासलातको आकार रु. २ खर्ब ७६ अर्ब भन्दा बढी पुगेको छ भने २०८० मंसीरसम्ममा गत आ.ब. २०७९/८० को असार मसान्तसम्ममा निक्षेप रु. १७ अर्ब ८५ करोड र कर्जा प्रवाह रु. ७ अर्ब भन्दा बढीले वृद्धि गर्न सफल बैंक भएको छ । हाल कृषि कर्जाको भार करिब ३६% भन्दा बढी रहेको देखिन्छ । बैंकले कर्जा तरलता, व्याजदर र व्याज सम्बधी जोखिमहरुलाई प्रभावकारी रुपमा व्यवस्थापन प्रतितपत्र गर्नका लागि नीति, नियम, कार्यविधि, प्रतितपत्र, पद्धति, बीमा आदिको समय अनुसार पुनरावलोकन र परिमार्जन गर्दै केन्द्र एवम् क्षेत्रीय स्तरका कार्यालयहरु मार्फत व्यस्थापन गर्दै आएको छ भने कर्जा व्यवस्थापन गर्ने कार्य पनि केन्द्रिय पुर शाखा स्तरको कार्यालयहरुबाट गर्दै आएको छ। नयाँ नयाँ बैकिङ्ग प्रविधिहरुको विकास गर्दै आगामी वर्षहरुमा पनि यी कार्यहरुलाई निरन्तरता दिदै जानु हुनेछ भन्ने मैले अपेक्षा लिएको छु ।
देशमा बैंक तथा बित्तीय संस्था सम्बन्धि एकिकृत कानून लागू भएको फलस्वरुप वि.सं २०६२।३।३१ मा यो बैंक पब्लिक कं. मा रुपान्तरण भई २०६२/१२।३ मा ने.रा.बैंकबाट “क” वर्गको वाणिजय बैंकिङ्ग कारोवार इजाजत प्राप्त गरी पूर्ण वाणिज्य बैंकको भूमिकामा २०६४ मा कृक्षकका लागि अपनत्व जगाउन १४.१४%, २०६६ मा सर्वसाधारणका लागि ३०% र २०७० मा कर्मचारीहरुका लागि ४.८६% सेयर (IPO) निष्काशन गरी बैंकले पूँजी योजना कार्यान्वयन गरेको थियो । यस बैंकमा ५१% शेयर नेपाल सरकारको स्वामित्वमा रहेको छ भने ४९% शेयर सर्वसाधारणको शेयर स्वामित्वमा रहँदै आएको छ । आजको दिनसम्म आइपुग्दा बैंकले आफ्नो लेजान कार्यक्षेत्रलाई फराकिलो र सुदृढ बनाउँदै लैजान बैंक सफल भएको छ । १) साना किसान विकास कार्यक्रमको अभियान्ता र कार्यान्वयनकर्ताको रुपमा कृषि विकास बैंक २) साना किसान विकास बैंकको प्रभुत्व प्रवर्द्धनको रुपमा ADBL वि.सं २०५८ असार २२ गते साना किसान विकास लघुवित्तयि संस्थ लि.को स्थापना भयो । नेपाल सरकारले आ.व. २०६७/६८ मा आफ्नो शेयर विभिन्न साना किसान सहकारी संस्थाहरुलाई विक्री गर्यो र उक्त सरकारी शेयर खरिदकर्ता समेत गरी कूल २३१ वटा साना किसान सहकारीहरु पनि यस संस्थाको संस्थापक शेयरकर्ता हुन पुग्यो । कृषि विकास बैंक, साना किसान विकास बैंकको मुख्य प्रवन्धक रहेको छ । अहिले पनि करिब २२% शेयर ADBL को रहेको छ ।

