सुनको मूल्यले नयाँ रेकर्ड कायम भएको छ । आज सुनको मूल्य तोलामा १ हजार २ सय रुपैयाँले बढेर हाल सम्मकै उच्च भएको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलाको एक लाख ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन आइतबार सुन तोलाको एक लाख ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी एक हजार ९ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । आइतबार चाँदी सोही मूल्यमा कारोबार भएको थियो।

