लक्ष्मण उप्रेती
१) कम्युनिस्ट पार्टी निर्माणको दौरानमा देखिएका महत्त्वपूर्ण सवालहरुमा हाम्रो ध्यान जानू पर्दछ।हामी बिगत केही वर्षदेखि क्रान्तिकारी ,मिलिटेन्ट र अनुशासित कम्युनिस्ट पार्टी निर्माणको कुरा गरिरहेका छौ।पार्टी निर्माणको महत्त्वपूर्ण र पहिलो सवाल सिद्धान्त,निति र कार्यक्रमको सवाल हो।दोस्रो सिद्धान्त,निति र कार्यक्रमअनुसारको सङ्गठ्न र कार्यशैली हो।
यहाँ मालेमाको सिद्धान्तमा दक्षिणपन्थी सङ्गठनको अभ्यास गरिरहेका हामी समुहहरु छौ।जसले हामीलाइ कार्यशैलीमा नव-संसोधनवादी बनाइरहेको छ।
२) क्रान्तिकारी सिद्धान्त ,दक्षिणपन्थी संगठन,निम्न पूजीवादी चिन्तन भएको पार्टी नेतृत्व आजको नेपाली कम्युनिस्ट आन्दोलनको मुख्य समस्या हो। र यतिखेर दक्षिणपन्थी अवसरवादको विरुद्धको संघर्ष प्रधान बनेको छ।क्रान्तिकारी सिद्धान्त र दक्षिणपन्थी अवसरवादको अन्तरसंघर्षमा पार्टीको नेतृत्व दक्षिणपन्थी अवसरवादी भएका कारण नेपालको कम्युनिस्ट आन्दोलनलाइ मालेमाको सैद्धान्तिक खोल भित्रवाट दक्षिणपन्थी अवसरवाद्ले विसर्जन र बिचलनको दिशातिर तिब्ररुपमा धकेलिइरहेको छ।नेतृत्वमा दक्षिणपन्थी अवसरवाद भएपछी उच्च क्रान्तिकारी नैतिकता र कार्यप्रणाली भएको संगठन निर्माणमा बाधा उत्पन्न भएको देखिन्छ।त्यसकारण क्रान्तिकारी सिद्धान्त अनुरुपको सङ्गठन नबनेर कम्युनिस्ट पार्टी दक्षिणपन्थी अवसरवादको दलदलमा भासिन पुगेको छ।कम्युनिस्ट पार्टीलाई यो दलदलवाट कसरी उतार्ने भन्ने सवाल आजको अहिलेको हाम्रो छलफलको महत्त्वपूर्ण सवाल बन्न गएको छ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माणमा निम्नपुजीवादी चिन्तनवाट मुक्त नेतृत्वकारी टिम आजको प्रधान आवश्यकता पनि हो।यी महत्त्वपूर्ण सवाललाइ उपेक्षा गरेर पार्टी निर्माण गर्नु भनेको फेरि नव – संसोधनवादमा फस्नु हो।यसको अर्थ सिद्धान्तमा क्रान्तिकारी व्यबहारमा पुजीवादी हुनु नै हुनेछ।
३) क्रान्तिकारी ,मिलिटेन्ट र अनुशासित कम्युनिस्ट पार्टीको निर्माण कठिन चुनौतीहरुको सामना नगरीकन सम्भव हुने छैन ।सबैतिर नव-संसोधनवाद बिबिध रुपमा खडा भएको छ।जसको प्रभावले पार्टीको क्रान्तिकारी निति एवं कार्यक्रमलाई अवरोध पुर्याउने छ । र क्रान्तिकारी चरीत्र र नैतिकता कुण्ठित हुने छ। त्यसकारण सर्वप्रथम पार्टी र स्वयं हामी आफू भित्र हुर्कने नव-संसोधनवादका विरुद्धको संघर्षलाइ मुख्य बनाउनु पर्ने देखिन्छ।
हामीले यो मुख्य चुनौतीको सामना गर्न र हामीले आफुलाइ क्रान्तिकारी दिशामा अगाडि बढाउन आफ्ना कमिकमजोरीहरुवारे साहासपूर्वक आत्मालोचना गर्न सक्नु पर्दछ नकि ढाकछोप ।साच्चै क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माण गर्ने हो भने आजको हाम्रो सोच , चिन्तन ,कार्यशैली र चरीत्रमा सुधार ल्याउन दृढ बिश्वास सहित दरिलो संकल्प गर्न जरुरी छ।यदी यसरुपमा हामी तयार नहुनुको अर्थ यथास्थितिमा रहनु र सैद्धान्तिक आवरणमा नव-संसोधनवादी बनिरहनु नै हुनेछ।
४) राष्ट्रिय – अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका अनुभवहरु,मार्गदर्शक सिद्धान्त ,संगठनात्मक स्वरुपवारे हामीसँग अथाह ज्ञानको भण्डार छ।त्यसवाट हामीले सिक्नु पर्द्छ।तर सिक्दा अन्धानुकरण र यान्त्रिक नभएर आलोचनात्मक र सृजनात्मक हुनु पर्दछ।
५) आजको वर्तमान बिश्व र देशको कम्युनिस्ट आन्दोलनमा संगठनात्मक रुपमा मात्र फुट,गुट र बिभाजन नभएर त्यस सम्बन्धि हाम्रो सोच्ने तरिकामा दोष र विकृतिहरु पनि छ्न जसले क्रान्तिकारी पार्टी निर्माणमा बाधाहरु उत्पन्न गरिरहेका छ्न।त्यस्ता दोष र बिकृतिपूर्णरुपवाट सोच्ने तरीकाहरु बदल्दैआजको परिस्थितिमा क्रान्तिकारी कार्यभार अनुरुपको पार्टी निर्माणको काम योजनावद्व प्रकारले तिब्र पार्नु पर्ने महत्त्वपूर्ण आवश्यकता छ।त्यसकारण हामीले छलफल गर्नु पर्ने प्रत्येक बिषयहरु महत्त्वपूर्ण छ्न।जसले अब क्रान्तिका लागि तयार गर्ने पार्टीका निति,कार्यक्रम र संगठनात्मक उदेश्यहरु निकै प्रभावित हुनेछ्न।फेरि पनि हामीले जसरी बिषयहरु प्रस्तुत गर्ने छौ वा गरीरहेका छौ यी सवै कार्यहरु एकैसाथ वा तुरुन्त पूरा हुने छैनन।हामीले यी विषयहरु प्राथमिकताका आधारमा निश्चित गरेर क्रमशः छलफललाई अगाडि बढाउने प्रयत्न गर्नु पर्द्छ।
लक्ष्मण उप्रेती
( महासचिव )
–अखिल नेपाल कम्युनिस्ट पार्टी

