काठमाडौं, जेठ २४
– क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव मोहन वैद्य ‘किरण’ त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा उपचाररत छन्। स्वास–प्रश्वाससम्बन्धी समस्या देखिएपछि उनी गत जेठ १८ गतेदेखि अस्पताल भर्ना गरिएको हो।
पार्टीका कार्यवाहक महासचिव गौरवद्वारा शनिबार जारी प्रेस विज्ञप्तिमा वैद्यको स्वास्थ्य अवस्था हाल स्थिर रहेको उल्लेख गरिएको छ।
विज्ञप्तिमा भनिएको छ, “नेपालको क्रान्तिकारी कम्युनिस्ट आन्दोलनका अविचलित नेता, वरिष्ठ दार्शनिक तथा सौन्दर्य चिन्तक, हाम्रो पार्टीका महासचिव कमरेड मोहन वैद्य ‘किरण’ स्वास–प्रश्वास सम्बन्धी समस्याको उपचारका लागि अस्पतालमा उपचाररत हुनुहुन्छ।”
पार्टीले उनको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ।
८० वर्ष पार गरेका वैद्य विगत लामो समयदेखि नेपालका वामपन्थी आन्दोलनमा क्रियाशील छन्। उनले माओवादी जनयुद्धकालदेखि अहिलेसम्म पार्टी नेतृत्व गर्दै आएका छन्।

